मधेस मुक्तिका लागि संघर्ष अझै जरुरी छ : राजेन्द्र महतो

मधेस मुक्तिका लागि संघर्ष अझै जरुरी छ : राजेन्द्र महतो
सुन्नुहोस्

सिरहा : राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेसको मुक्तिका लागि अझै संघर्ष आवश्यक रहेको बताएका छन्। सिरहाको लहानमा आयोजित कार्यक्रममा उनले मधेसले एकल नश्लीय औपनिवेशिक शोषणविरुद्ध विद्रोह गरे पनि अझै मुक्त हुन नसकेको बताए।

उनले भने, 'मधेसी जनताले बलिदानी दिए, कडा प्रतिरोध गरे। तर, पनि पूर्ण सफलता हात पार्न सकेनौं। असफलतापछि संघर्षको रणनीति परिवर्तन गर्नुको सट्टा केही नेताहरूले सत्तासामु आत्मसमर्पण गरे।'
उनले 

शहीदहरूको सपना पूरा गर्न राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको बताए। मधेस मुक्तिको खाका तयार गर्दै बहुलराष्ट्र राज्यको स्थापना गर्नुपर्ने उनको भनाइ छ। 'यस प्रणालीमा सम्पूर्ण राष्ट्रविहीन राष्ट्रका जनताले अपनत्व महसुस गर्नेछन्। सबै भाषा र संस्कृतिको सम्मान हुनेछ,' उनले भने।

नेता महतोले मधेसी, थारू, पहाडका जनजाति, मुस्लिम र दलित लगायत सम्पूर्ण समुदायको सभ्यता र संस्कृतिको रक्षा गर्दै सुशासन र समृद्धिको लागि एकजुट भएर संघर्ष गर्न अपील गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.