इतिहास रच्दै ‘एलजी’ हङकङ
![इतिहास रच्दै ‘एलजी’ हङकङ](https://annapurnapost.prixacdn.net/media/albums/hongkong_CiulMbWhSV_yppw28hnSH.jpg)
हङकङ : बृहत् कार्यक्रम आयोजकको पगरी पाएको एलजी (लालीगुँरास एसोसियसन)ले हरेक वर्ष हजारौं दर्शकमाझ दुई दर्जन चर्चित कलाकारहरूको टोलीलाई हङकङमा प्रस्तुती दिने वातावरण तयार गर्छ। भब्य सेट, कलाकारहरूको ताँतीलगायतमा लाखौं डलरको खर्च गरेर नेपालीहरूले आयोजना गर्ने कार्यक्रमको पक्तिमा एलजी विशेष प्रतिक्षारत कार्यक्रमकोरुपमा हङकङेली दर्शकहरूले लिने गर्दछन्।
एलजी नाईटकोरुपमा हरेक बर्ष कार्यक्रम हुँदै आएको १७ वर्ष पुगेको उपलक्ष्यमा, अब महाउत्सव एलजी फेस्ट २०२५ आयोजना हुने भएको छ।
हङकङ सरकारका विभिन्न सरोकारवाला निकायहरूको प्रत्यक्ष निगरानी र अनुमतिमा भव्य सेट लगायर ताई तोङस्थित इको पार्कमा ओपन कन्सर्टको आयोजना गर्न लागिएको हो। यही जनवरी ३० तारिकका दिन दिउँसो १ बजेबाटै सुरु हुने कार्यक्रमका बारेमा आयोजक चेतन गुरुङ भन्छन,् ‘यो कार्यक्रम मात्र हैन, नेपालीहरूको गरिमा पनि हो, हङकङ सरकारको मापदण्ड र स्टान्र्डर अनुसार कार्यक्रमको रुपरेखा तयार गरिएको छ, स्टेज र लाइटका लागि मात्र मिलियन डलर खर्च गरेका छौ। हलिउड र बलिउडका स्टारहरूले प्रस्तुति दिने स्टान्र्डरमा नेपाली कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।’ चाइनिज नयाँ वर्षको बिदालाई मध्येनजर गरेर आयोजना गरिएको कार्यक्रममा चर्चित ब्यान्ड कन्दरा, पूर्ण राई एन्ड दाजुभाइ, जोन एन्ड द लोकल्सका साथमा गायिका शान्ति श्री परियार, डान्सर समर्पण लामा, सुस्मिता तामाङले आफ्नो बेजोड प्रस्तुति दिनेछन्। कार्यक्रम संञ्चालनसँगै हास्यकलाकार जितु नेपाल र नायीका केकी अधिकारीले पनि आफ्नो प्रस्तुति दिनेछन्।
चेतन गुरुङ, विशाल गुरुङ, हिमाल राना लगायतका हङकङेली युवाहरूले सन् २००४ मा स्थापना गरेको लालीगँुरास एसोसियसन (एलजी)ले युके, अष्टे«लिया, अमेरिका, मकाउ, जापान लगायतका देशहरूमा समेत सांगितिक कार्यक्रमहरूको आयोजना गरिरहेको छ। सामाजिक सेवाभाव र परोपकारी कार्यमा तल्लिन एलजीले नेपालमा भूकम्प, कोरोना लगायतको
विपद्मा विभिन्न प्रकारका आर्थिक, सामाजिक सहयोग गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)