प्रविधिको प्रभावमा मानवीय सम्बन्ध

भीषण श्रेष्ठ
२१औं शताब्दीको आजको अत्याधुनिक समयमा प्रविधिको प्रभाव मानिसको जीवनमा अत्यन्तै पेचिलो बन्दै गएको छ। जुन सबै क्षेत्रमा जोडिएको छ। स्मार्टफोन, इन्टरनेट र सामाजिक मिडियाजस्ता अत्याधुनिक उपकरणहरूले हाम्रो कार्यशक्ति र जडानको तरिका नै परिवर्तन गरेका छन्। यद्यपि प्रविधिले हामीलाई समय र स्थानको सीमामा बाँधिएका बिना जडान गर्न सक्षम बनाएको छ, यसले मानव सम्बन्धको मूल्यमा पुनर्विचार गर्न पनि बाध्य पारिरहेको छ।
इतिहासको पृष्ठभूमि : इतिहासमा प्रविधिको अविष्कारसँगै समाजको संरचना र मानिसबीचका सम्बन्धहरूमा गहिरो परिवर्तन ल्याउन प्रेरित गरेको छ। १९औं शताब्दीमा टेलिफोनको आविष्कारले मानिसबीच तत्काल संवादको सम्भावनाको ढोका खोलेको थियो। २०औं शताब्दीको अन्त्यतिर इन्टरनेट र स्मार्टफोनको आगमनले मानिसलाई थप सुलभ र तीव्र बनाएको छ। डिजिटल युगको सुरुवातसँगै मानिसको सामाजिक व्यवहारमा ठूलो परिवर्तन आएको छ। कसैले कल्पना पनि गरेको थिएन कि इन्टरनेटको माध्यमबाट सम्पूर्ण संसार क्षणभरमै जोडिन सक्नेछ।
प्रविधिको नकारात्मक प्रभाव : हालको युगमा प्रविधिको अत्यधिक प्रयोगले के कस्तो असर पारिरहेको छ ? यो प्रश्न नेपाली समाजका लागि चिन्ताको विषय बनेको छ। अमेरिकामा गरिएको अध्ययनले देखाएको छ कि स्मार्टफोन र सामाजिक मिडियाको अत्यधिक प्रयोगले मानिसलाई मानसिक रूपमा थकित र एकल बनाइरहेको छ। यस्तो स्थिति विशेषगरी युवा वर्गमा देखिएको छ। जापानको एक ‘सोसल सुसाइड’को अवस्था हेरौं। जहाँ खासगरी वृद्ध वर्गका मानिस अनलाइन खेल र सन्देशका माध्यमबाट साथी बनाउँछन् तर वास्तविक सम्बन्धमा कमजोर छन्। मानसिक स्वास्थ्यमा नकारात्मक असर पु¥याउने भएकाले यसले त्यहाँ आत्महत्याको दर बढाएको छ।
सन् २०१०–२५ मा जन्मिएका बालबालिकालाई ‘अल्फा जेनेरेसन’ नाम दिइएको छ। व्यवहार खराब भएको लगायतका कारण इन्टरनेटको नकारात्मक असर सुधार्न कठिन रहेको पाइएको छ। विभिन्न प्रकारका मानसिक समस्याहरू ६ देखि १० वर्षका बालबालिकामा समेत देखा पर्नु भनेको गम्भीर समस्या हो। सन् २०२४ मा भारतको उत्तर प्रदेशमा पाँच वर्षका बालिकाको ‘कार्टुन सो’ हेर्दाहेर्दै हर्टअट्याक भएर मृत्यु भएको थियो। सन् २०२० मा इजिप्टमा १२ वर्षको एक बालकको मृत्यु पब्जी खेल्दाखेल्दै त्यसरी नै मृत्यु भएको थियो।
नेटको लतले बालबालिका एकदमै रिसाउने, उनीहरूले भनेको नमानेमा गाली गर्ने, अस्वाभाविक रूपमा व्यवहार प्रस्तुत गर्ने आदि गर्छन्। विद्यालयमा शिक्षकहरूको गुनासो बढेको छ, विद्यार्थी पढाउन कठिन, भनेको नमान्ने, उल्टै सिकाउन खोज्ने र गाली गर्ने। उनीहरूलाई सामान्य शब्द लेख्न पनि समस्या हुने गरेको पाइएको छ। गणितीय समस्या समाधान गर्न झन्झट मान्ने, समाधान गर्न नसक्ने, विद्यालयमा नकारात्मक व्यवहार प्रस्तुत गर्ने आदि देखिएको छ।
प्रविधिको सकारात्मक पक्ष : तर, प्रविधिको प्रभाव केवल नकरात्मक मात्र होइन। कोरोना भाइरस महामारीको समयमा प्रविधि नै एकमात्र महŒवपूर्ण साधन बन्यो। जसले मानिसलाई एकअर्कासँग जोड्यो। अनलाइन शिक्षाका कारण विद्यार्थीको शिक्षा रोकिएन। स्वास्थ्य क्षेत्रले टेलिमेडिसिनका माध्यमबाट सेवा प्रदान गर्न सक्षम भयो। पारिवारिक जीवन र मित्रता सम्बन्धमा धेरै उदाहरण छन्, जहाँ प्रविधिको माध्यमबाट मानिसले प्रियजनसँगको सम्बन्धलाई बलियो बनाए। एक प्रसिद्ध उदाहरण हो, ‘ह्याप्पिनेस स्टडी’ नामक अध्ययन जसले देखाएको छ कि सामाजिक मिडियाको स्वस्थ र सन्तुलित प्रयोगले परिवार र साथीबीच समृद्धि ल्याउन सक्छ। यदि प्रविधिको सही प्रयोग गरिन्छ भने यसले हाम्रो जीवनलाई हरहिसाबले हरक्षेत्रमा राम्रो राम्रो नतिजा ल्याउन सघाउँछ।
कानुनी पक्ष : साथै, प्रविधिका बढ्दो प्रभावलाई नियमन गर्ने र मानव अधिकारहरूको संरक्षण गर्ने दृष्टिकोणले पनि महŒवपूर्ण भूमिका खेलेको छ। धेरै देशमा डाटा सुरक्षा र गोपनीयताको कानुनी मापदण्डहरू लागू गरिएका छन्। युरोपमा, ‘जनरल डाटा प्रोटेक्सन रेगुलेसन’ जस्तो कानुनी संरचना अनलाइन डेटा सुरक्षा सुनिश्चित गर्न महŒवपूर्ण भूमिका रहेको छ। यसको उद्देश्य व्यक्तिगत जानकारीको दुरुपयोग र अनधिकृत पहुँच रोक्नु हो, जुन अनलाइन प्लेटफर्महरूका सन्दर्भमा बढ्दो जोखिम हो। अमेरिकामा, ‘क्यालिफोर्निया कन्ज्युमर प्राइवेसी एक्ट’जस्तो कानुनले नागरिकको गोपनीयता र व्यक्तिगत सूचनाको सुरक्षा गर्न कदम चालेको छ। यी कानुनी कदमहरूले प्रविधिको प्रभावलाई नियमन गर्न र प्रयोगकर्ताको अधिकारहरूलाई सुरक्षित गर्न मद्दत पु¥याउँछन्।
अन्तर्राष्ट्रिय प्रभाव : अन्तर्राष्ट्रिय दृष्टिकोणबाट हेर्दा प्रविधि आजको ग्लोबल समाजमा एकजुटताको शक्तिको रूपमा प्रस्तुत भएको छ। प्रविधिका कारण संसारका विभिन्न भागका मानिस एकअर्कासँग जडान गर्न सक्षम भएका छन्। उदाहरणका रूपमा, विश्वका सबैजसो प्रमुख सामाजिक मिडिया प्लेटफर्महरूले भाषिक र सांस्कृतिक सीमाहरू पार गरेर सूचना प्रवाहलाई तीव्र बनाएका छन्। अफ्रिकी महाद्वीपको ग्रामीण क्षेत्रबाट पनि विश्वव्यापी मामिलामा आवाज उठाउने अवसर प्रदान गरेको उदाहरणबाट यो बुझ्न सकिन्छ। ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियान, जसले विश्वभरिका विभिन्न समाजमा सामाजिक न्याय र समानताको पक्षमा आवाज उठाएको छ। यसको सफलता भनेकै प्रविधिको माध्यमबाट गहिरो जडान र सामूहिक क्रियाकलापको नतिजा हो।
भविष्यका समस्याहरू, प्रविधिको अत्यधिक प्रभाव : यतिबेला प्रविधिको प्रभाव अति नै देखिएको छ तर भविष्यमा यसका नकारात्मक असरहरू अझ गहिरो र जटिल हुन सक्छ। एक प्रमुख समस्या भनेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र अटोमेसनको बढ्दो प्रभाव हो। भविष्यमा यदि अटोमेसनले मानव श्रमको स्थान लियो भने रोजगारी संकटमा पर्न सक्छ भने मानिसबीचको सामाजिक र व्यक्तिगत सम्बन्धलाई थप कमजोर बनाउन सक्छ। भविष्यमा समाजमा व्यक्तिगत डेटा र गोपनीयताको उल्लंघनले गम्भीर कानुनी र मानसिक समस्या निम्त्याउन सक्छ। अर्को चिन्ता भनेको डिजिटल प्लेटफर्मको अधीनमा रहेका नयाँ पिँढीका मानिसको मानसिक स्वास्थ्य हो। जो भविष्यमा मानसिक थकान र सामाजिक समस्यामा फस्न सक्छन्।
निष्कर्षमा सन्तुलन र जागरुकता : प्रविधिको प्रभाव हाम्रो जीवनको अनिवार्य हिस्सा बनेको छ। यसको बढ्दो प्रयोगले एकअर्कासँग जोड्न सघाएको छ, तर पनि नकारात्मक पक्षबाट सचेत रहन र सन्तुलित प्रयोग गर्न आवश्यक छ। प्रविधिहरूको सही उपयोग गर्दै मानवीय सम्बन्धबीच सन्तुलन कायम राख्नु सबैको जिम्मेवारी हो।
प्रतिक्रिया दिनुहोस !
