प्रतिनिधिसभामा रास्वपाको अवरोध,बैठक सञ्चालनमा सहयोग गर्न सभामुखको आदेश

प्रतिनिधिसभामा रास्वपाको अवरोध,बैठक सञ्चालनमा सहयोग गर्न सभामुखको आदेश

काठमाडौं : आजदेखि संसदको हिउँदै अधिवेशन सुरू भएको छ। संघीय संसदको दुवै सदनको बैठक सुरू भएका छन्। प्रतिनिधिसभा बैठक सुरू हुने वित्तिकै भने प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध जनाएको छ।  सभामुख देवराज घिमिरेले बैठकको कामकारवाही अघि बढाउन खोज्दा रास्वपाका सांसदहरूले सिटबाट उठेर अवरोध जनाएका हुन्।

सभामुखले बैठकलाई अघि बढाउन सहयोग गर्न पटक-पटक आग्रह गर्दा पनि रास्वपा सांसदहरूले उठ‍ेर अवरोध जनाइरहेका छन्।  सभामुख घिमिरेले रास्वपालाई आजको बैठकमा दलीय आधारमा बोल्न समय निर्धारण गरिएकाले सोही समयमा आफ्नो धारणा राख्न आग्रह गरे।

रास्वपाका सांसदहरूले उठेर विरोध जनाइरहेपछि सभामुख घिमिरेले अन्तत: कार्यसूची अघि बढाउन बसेर सहयोग गर्न आदेश समेत दिएका छन्। तर उनीहरूले अवरोध जारी राखेका छन्। 

आजको बैठकमा दलीय आधारमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची छ। यसैगरी बैठकमा ६ वटा अध्यादेश प्रस्तुत हुँदैछन्।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.