'नो केबलकार' भन्ने कुरामा सैद्धान्तिक सहमति छैन : कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा बताएको छ। शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारीले बैठकले 'नो केबलकार' भन्ने कुरामा कांग्रेसको सैद्धान्तिक सहमति नरहेको
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताए।
वार्ता निष्कर्षमा नपुगेसम्मका लागि निर्माण कार्य स्थगित गर्ने सरकारको कदम स्वागतयोग्य रहेको उनको भनाइ छ। बैठकमा निर्वाचनसम्बन्धी विधेयक, दलसम्बन्धी विधेयकका विषयमा छलफल भएको उनले बताए।
विधेयक निर्माणको काम सुस्त देखिएकाले तीव्रता दिने विषयमा छलफल भएको उनले बताए। त्यस्तै आसन्न स्ववियु निर्वाचनमा पार्टीको भातृसंस्थालाई बलियो उपस्थिति गराउने विषयमा पनि छलफल भएको घिमिरेले बताए।
प्रतिक्रिया दिनुहोस !