भूमिसम्बन्धी अध्यादेशमा सरकारको नियत राम्रो देखिएन : माधव नेपाल

भूमिसम्बन्धी अध्यादेशमा सरकारको नियत राम्रो देखिएन : माधव नेपाल
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भूमिसम्बन्धी अध्यादेशमा सरकारको राम्रो नियत नदेखिएको बताएका छन्।

भूमिसम्बन्धी अध्यादेशका विषयमा आयोजित अन्तरक्रियामा अध्यक्ष नेपालले बिचौलियालाई पोस्ने गरी भूमिसम्बन्धी अध्यादेश ल्याएको र यसमा सरकारको नियत राम्रो नदेखिएको बताए। भूमिहीन सुकुम्बासीलाई जग्गामात्र बाँडेर समस्या समाधान नहुने भन्दै उनले त्यसका लागि उपयुक्त नीति अपनाएर सहज जीवनयापनको व्यवस्था गर्नुपर्नेमा जोड दिए।

त्यस्तै अध्यक्ष नेपालले दुई-दुई पटक संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको पृष्ठभूमिका आधारमा पनि राम्रो कामका लागि अध्यादेश ल्याएको भन्नेमा आशंका उत्पन्न भएको बताए। उनले प्रक्रिया मिलेर ल्याइएको अध्यादेशलाई समर्थन गर्न नसक्ने स्पष्ट पार्दै फिर्ता लिन सुझाव दिए। 

अध्यक्ष नेपालले संविधान संशोधनका नाममा अर्को गठबन्धन ल्याएको तर प्रधानमन्त्रीले त्यसलाई २०८७ सालसम्म टार्न खोजेको बताए। अध्यक्ष नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालको निर्णय स्वागतयोग्य रहेकाले दुविधामा नपर्न सुझाव दिए। उनले वर्तमान सरकार देशका लागि ठूलो समस्यामा रूपमा रहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.