प्रतिनिधिसभा बैठक

राजनीतिकरुपले अधिकार सम्पन्न भयौं, अब आर्थिकमा पनि सबल हुनुपर्छ : देउवा

राजनीतिकरुपले अधिकार सम्पन्न भयौं, अब आर्थिकमा पनि सबल हुनुपर्छ : देउवा

काठमाडौं : नेपाली कांग्रेस सांसद शेरबहादुर देउवाले राजनीतिक रुपले अधिकार सम्पन्न भएपनि आर्थिक रुपले पनि सबल हुनु आवश्यक रहेको बताएका छन्। शुक्रबारदेखि सुरू भएको संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन्।

उनले विगतमा स्थिर सरकार हुन नसक्दा देशको राजनीतिक -आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेकाले कांग्रेस र एमाले मिलेर सरकार बनाउनु परेको बताए।  देउवाले एमाले र कांग्रेसबीचको सात बुँदे सहमति कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको बताउँदै यो सहमति कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे।

मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न,देशको अर्थतन्त्रलाई चलायमान बनाउन र समृद्धि प्राप्त गर्ने यो सरकारको मुख्य उद्देश्य रहेको उनको भनाइ छ। देउवाले भने, 'विगतमा स्थिर सरकार हुन नसक्दा देशको राजनीतिक र आर्थिक क्षेत्र नकारात्मक प्रभाव परेकाले यो सरकार गठन भएको हो। सरकारको उद्देश्य मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न,देशको अर्थतन्त्रलाई चलायमान बनाउन र समृद्धि प्राप्त गर्ने नै हो।'

उनले सबै विधेयकहरू संसदबाट पारित हुने विश्वास व्यक्त गरे। सरकारले यो अवधिमा गरेका कामहरू महत्वपूर्ण रहेको बताउँदै उनले आगामी दिनमा पनि परिणामुखी काम हुनेमा विश्वास व्यक्त गरे। 

देशको आर्थिक अवस्था सुदृढ हुन नसकेको बताउँदै उनले आर्थिक अवस्था उकास्न जरूरी रहेको बताए। भने,'परिणामस्वरुप विकास र समृद्धिका यात्रा जनताको चाहनाअनुसार अघि बढ्न सकेको छैन। यसका कारण आर्थिक अवस्था उकास्न जरुरी छ।'

सरकारले व्यवसायीक वातावरण प्रवर्द्धन गर्नका लागि ध्यादेशबाट केही कानुन ल्याएको र यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउनेमा उनले विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.