लोकतन्त्रको अर्को विकल्प छैन, विचाराधिन सबै विधेयक पारित गरौं :देउवा (पूर्णपाठ)

लोकतन्त्रको अर्को विकल्प छैन, विचाराधिन सबै विधेयक पारित गरौं :देउवा (पूर्णपाठ)
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेस सांसद शेरबहादुर देउवाले संसदमा विचाराधिन सबै विधेयकहरू यो अधिवेशनबाट पारित हुने विश्वास व्यक्त गरेका छन्। संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै देउवाले संसदको हिउँदे अधिवेशनबाट संसदमा विचाराधिन सबै विधेयकहरू पारित हुनेमा विश्वास व्यक्त गरेका हुन्।

उनले मुलुकको समग्र विकासका लागि लोकतन्त्रको सुनिश्चितता र सुदृण अर्थतन्त्र  आवश्यक रहेको बताए। सुशासनको सुनिश्चितता र सेवा प्रवाहमा सहजताका लागि सरकारले नयाँ कानुन बनाएको  यी कानुनहरूले देशमा सुशान कायम गर्ने,भूमिहिन सुकुम्बासी एवं अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने उनको दावी छ।

उनले संविधानको कार्यान्वयनसँग सम्बन्धित र नागरिकका सरोकारका विषयमा आवश्यक पर्ने थप विधेयकहरू पनि सरकारले चाँडै संसदनमा पेश गर्ने आग्रह समेत गरे। यसैगरी देउवाले संविधान कार्यन्वयनमा देखा परेका सबल र दुर्वल पक्षको अध्ययन र पहिचान गरेर मात्रै संशोधन गर्नुपर्नेमा जोड दिए।

कांग्रेस सभापति समेत रहेका देउवाले लोकतन्त्रको कुनै अर्को विकल्प नरहेको बताए। उनले भने,'लोकतान्त्रिक पद्धति संसारको उत्कृष्ट शासन व्यवस्था हो। लोकतन्त्रको कुनै अर्को विकल्प हुन सक्दैन। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.