२० वर्षदेखि फरार अभियुक्त वीरगन्जमा पक्राउ

वीरगन्ज : लागू औषध चरेश मुद्दामा दोषी ठहर भएपछि २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। कसुर ठहर भई अदालतबाट सजायको फैसला भएपश्चात फरार रहेका वीरगन्ज महानगरपालिका-१६ नगवाका ४१ वर्षीय चन्दन कुमार रौनियार पक्राउ परेका हुन्।
रौनियारलाई वीरगन्ज–१६ नगवामै लुकिछिपी बसेको अवस्थामा प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। लम्सालका अनुसार, लागु औषध चरेसको मुद्दामा पर्सा जिल्ला अदालतले २०६१ अषाढ १३ गते रौनियारविरुद्ध २ वर्ष ७ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
रौनियार फरार रहेकोमा अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनलाई पर्सा जिल्ला अदालतमै बुझाएको लम्सालले बताए।
प्रतिक्रिया दिनुहोस !
