मधेस केन्द्रित ८ दलीय कार्यदलले सुरू गर्‍यो काम, ड्राफ्ट कमिटी गठन

मधेस केन्द्रित ८ दलीय कार्यदलले सुरू गर्‍यो काम, ड्राफ्ट कमिटी गठन
सुन्नुहोस्

काठमाडौं : मधेस केन्द्रित ८ दलीय मोर्चाको कार्यदलले आचारसंहितका साथै एजेन्डा बनाउन ड्राफ्ट कमिटी गठन गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको कार्यदल बैठकले ८ दलीय मोर्चाको नाम, एजेन्डा, आचारसंहितालगायत बनाउनका लागि तीन सदस्यीय ड्राफ्ट कमिटी गठन गर्ने निर्णय गरेको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।

ड्राफ्ट कमिटीले खाका तयार गरेपछि कार्यदलमा छलफल गरेर पारित गर्ने उनले बताए। कादलबाट पारित भएपछि मधेस केन्द्रित ८ दलको शीर्ष तहमा प्रस्तुत गरी आवश्यक निर्णय लिइने कर्णले बताए।

यसअघि बिहीबार बसेको ८ राजनीतिक दलको बैठकले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको थियो। कार्यदलमा जसपा नेपालबाट मनिष सुमन, लोसपाबाट लक्ष्मणलाल कर्ण, जनमतबाट शरद सिंह यादव, जसपाबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट शिवजी यादव र तमलोपाबाट ब्रजेस सिंह रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.