सरकारले सामाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण गर्न खोज्यो : विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण गर्न खोज्नु उचित नभएको बताएका छन्।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले सामाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण गर्न खोज्ने कामको कांग्रेसले संसदमा साथ नदिने र संस्थागत रूपमा यसको भारी नबोक्ने बताए।
अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने विधेयकलाई स्वीकार गर्न नसकिने उनको भनाइ छ। उनले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा सर्वपक्षीय छलफल गर्दै संशोधनका साथ अघि बढाउनुपर्ने बताए। उनले संसद नचलेका बेलमा सरकारले अध्यादेश ल्याउनसक्ने भन्दै अध्यादेश ल्याउँदैमा विरोध गरिहाल्नु नपर्ने बताए।
प्रतिक्रिया दिनुहोस !
