नुवाकोटमा बस र मोटरसाइल ठोक्किए, एकजनाको मृत्यु, १८ घाइते

नुवाकोटमा बस र मोटरसाइल ठोक्किए, एकजनाको मृत्यु, १८ घाइते
तस्बिर : अन्नपूर्ण

नुवाकोट : गल्छी–देवीघाट–त्रिशूली–रसुवागढी सडकखण्डअन्तर्गत नुवाकोटको तारकामा सडक दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्। गल्छी–देवीघाट–त्रिशूली सडकखण्डको बीचमा रहेको वेलकोटगढी नगपालिका ७ कल्चेडीभीर,तारुकाघाटमा बुधबार यात्रुबस र मोटरसाइकल ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

काठमाडौंबाट गल्छीहुँदै त्रिशूलीतर्फ जाँदै गरेको वा ३ ख ५५४७ नम्बरको बस र रातमाटेबाट गल्छीतर्फ जाँदै गरेको वा ५८ प २८०४ नम्बरको मोटरसाइकल ठोक्किर  दुर्घटनन हुँदा एकजनाको मृत्यु भएको छ भने  १८ जना यात्रु घाइते भएको प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक स्थानीय वेलकोटगढी -७ का २२ वर्षीय जीवन राईको ज्यान गएको हो । घाइतेमध्ये तीनजना गम्भीर रहेका छन् । 

घटनालगत्तै सर्वसाधारण तथा मृतकका आफन्तले गल्छी–देवीघाट सडकखण्ड अवरुद्ध गरेका छन्। सडकमार्गमा दर्जनौं सुरक्षाकर्मी परिचालन गरिएका छन् ।  घाइतेमध्ये १५ जनाको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । 

भित्तातर्फको ढुंगामा गएर बस बजारिएको वेलकोटगढी ७ का वडाध्यक्ष भुवनेश्वर नेपालले जानकारी दिए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.