टिपरको ठक्करबाट पैदल याुत्रको मृत्यु
काभ्रे : बनेपमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।
काभ्रेको बनेपा नगरपालिका-१० पुलबजारस्थित अरनिको राजमार्गमा गएराति २ बजे टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको थियो।
साँगाबाट बनेपातर्फ आउँदै गरेको बा५ख ३२४६ नम्बरको टिपरले बाटो काट्दै गरेका अन्दाजी २५-२६ वर्षका युवकलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको तर उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !