सिरहामा एक भारतीयसहित चार जना पक्राउ
सिरहा : लहान बजारको एक सुनचाँदी पसलमा योजना बनाएकाहरूलाई सिरहा प्रहरीले पक्राउ गरेका छन्। पक्राउ पर्नेमा एक भारतीयसहित चार जना रहेका छन्। उनीहरू लहान नगरपालिका-७ स्थित रहेको विकास ट्रेडर्समा लुटपाट गर्ने योजना बनाएका थिए। लुटपाट गर्नुअघि नै उनीहरू पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहा प्रवक्ता तथा डीएसपी विरेन्द्र पासवानका अनुसार पक्राउ पर्नेहरूमा ४५ वर्षीय इन्दल भन्ने इन्द्र नारायण चौधरी, देव कुमार मुखिया, ४१ वर्षीय दिनेश विश्वकर्मा र भारत पश्चिम बंगालका निरोज भन्ने मेहराज मोन्डल रहेका छन्।
‘लहानका एक सुनचाँदी पसलमा डकैती हुने खबर पाएपछि हामी तुरुन्तै अनुसन्धानमा लाग्यौं,’ प्रवक्ता पासवानले भने, ‘त्यसपछि चौधरी, मुखिया र निरोजलाई मगंलबार दिउँसो नियन्त्रणमा लियौं। बुधबार विश्वकर्मालाई समात्यौं।’ यसै समूहका चार भारतीयलाई भारतमै त्यहाँकै सुरक्षाकर्मीले नियन्त्रणमा लिएको उनले बताए। अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !