दुई वर्षदेखि फरार अभियुक्त पक्राउ
नुवाकोट : अदालतले दोषी ठहर गरी फैसला गरेदेखि नै फरार रहेका नुवाकोटको शिवपुरीका युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका छापका २५ वर्षीय रमेश तामाङ रहेका छन्।
नुवाकोट जिल्ला अदालतले गत २०७८ फागुन २ गतेको फैसलाले डाँकाचोरी मुद्दामा दोषी ठहर गरी २ महिना १८ दिन कैद तथा पाँच हजार रुपैयाँ जरिवानाको सजाय तोकेको थियो। त्यसपश्चात उनी फरार रहेका थिए।
फरार तामाङलाई प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नुवाकोटकै विदुर नगरपालिका-२ बाट पक्राउ गरी आवश्यक कारबाहीका लागि नुवाकोट जिल्ला अदालतमा बुझाइएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।
प्रतिक्रिया दिनुहोस !