झापाबाट काठमाडौं आइरहेको गाडी सिन्धुलीमा दुर्घटना : एकजनाको मृत्यु, ५ घाइते

झापाबाट काठमाडौं आइरहेको गाडी सिन्धुलीमा दुर्घटना : एकजनाको मृत्यु, ५ घाइते
सांकेतिक तस्बिर।

सिन्धुली : झापाबाट काठमाडौं आइरहेको गाडी सिन्धुलीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन्। विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा शुक्रबार बिहान  उक्त दु्र्घटना भएको हो। दुर्घटनामा घाइते भएका एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चालक दोलखाको गौरीशङ्कर गाउँपालिकाका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।

इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल घाइते भएको उनले जानकारी दिए। मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था भने गम्भीर रहेको र उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.