लोकतन्त्रमाथि खतरा भयो : राजेन्द्र महतो

लोकतन्त्रमाथि खतरा भयो : राजेन्द्र महतो

भैरहवा : राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले लोकतन्त्रवादीबाट नै लोकतन्त्रमाथि खतरा भएको बताएका छन्। शनिबार भैरहवामा पत्रकारहरूसँग भेटघाट गर्दै ३५ वर्षदेखि देशमा शासन गरेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले अहिले मुलुकलाई अधिनायकवादतर्फ धक्लेन खोजेको भन्दै यी दलहरूबाटै लोकतन्त्रमाथि खतरा भएको बताए।

‘लोकतन्त्र विरोधीबाट लोकतन्त्रमाथी खतरा हुने हो भने लोकतन्त्रवादी लडिहाल्छन्। तर, यहाँ त जो लोकतन्त्रका लागि लड्यो आज उसैबाट खतरा भयो’,उनले भने,‘अधिनायकवाद लाद्न र लोकतन्त्रको हत्या गर्नका लागि कांग्रेस र एमाले मिलेका छन्।’ उनले नागरिकले देशमा परिवर्तन खोजेको र खोजिएको परिवर्तन नागरिकले पाउनुपर्ने बताए। उनले एकल राष्ट्रिय राज्य चिन्तनवादबाट मुलुक चलिरहेको भन्दै ठूला दलहरूले जनतासँग विश्वासघात गरेर दुवै हातले लुट मच्चाएर देशको अर्थ व्यवस्था खोक्लो बनाएको दाबी गरे।

‘३५ वर्षदेखि देशमा कसले शासन गर्‍यो? कांग्रेस, एमाले र माओवादी। जनताले आफ्नो मत यिनैलाई दिए। आज देश कहाँ पुग्यो? अर्थ व्यवस्था कहाँ पुग्यो? युवाहरू रोजगारीका लागि विदेशिनु परेको छ’, उनले भने, ‘प्रकृति सम्पदाले भरिएको देश आज विश्वमा गरिब मुलुकको सूचांकक पुगिसकेको छ। त्यसैले अब नागरिकले विकल्प खोजेका छन्। जसका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल अघि बढेको छ।’ उनले देशमा प्रतिपक्ष नै नदेखिएकोले राष्ट्रिय मुक्ति पार्टी नेपालको नागरिकको अधिकारका लागि सत्ताको प्रतिपक्षमा उभिएर संघर्ष गर्ने बताए।

अध्यक्ष महतोले पाथिभारा (मुकुम्लुङ) मा केबलकार निर्माण गरेर पर्यटनको विकास नभई त्यहाँ सभ्यता र सांकृतिकमाथि डकैती गर्न खोजिएको बताए। ‘मुकुम्लुङ आस्थाको केन्द्र हो। होली वाइन सभ्यता ल्याएजस्तो होइन। विकासको नाममा त्यहाँको सभ्यता र सांकृतिकका मास्ने नभई संरक्षण हुनुपर्छ’, उनले भने, ‘सभ्यता र सांकृतिकका लागि पदयात्रा जरुरी छ। त्यहाँ केबलकार निर्माण हुँदैन। केबलकार निर्माणको खारेजीका लागि मात्र वार्ता हुने हो।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.