ट्रम्पका विश्वास पात्र एलन मस्कलाई झट्का, वित्तीय डाटाको पहुँचमा अदालतले लगायो रोक

ट्रम्पका विश्वास पात्र एलन मस्कलाई झट्का, वित्तीय डाटाको पहुँचमा अदालतले लगायो रोक

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वास पात्र मानिएका अर्बपति एलन मस्कलाई वित्तीय डाटाको पहुँचबाट रोक लगाइएको छ। अमेरिकी जिल्ला न्यायाधीश पल ए. एन्जेलमेयरले शनिबार मस्क र उनको टिममाथि वित्तीय डाटाको पहुँचमा निषेधाज्ञा जारी गरेका हुन्। 

अमेरिकाको खर्च कटौतीका लागि मस्कको टीमलाई वित्तीय विविरणमा पहुँच दिएपछि १९ राज्यका महान्यायाधीवक्ताहरूले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको थियो। सोही मुद्दामाथि सुनुवाई गर्दै न्यायाधीश पलले मस्कको टिमलाई निषेधाज्ञा जारी गरेको बीबीसीले जनाएको छ।

सरकारको कुनै आधिकारिक निकायसमेत नरहेको मस्क नेतृत्वको टिमलाई अदालतले संघीय कानुन उल्लंघन गरेको आरोपसमेत लगाएको छ। यस विषयमा ट्रम्प प्रशासनले कुनै प्रतिक्रिया दिएको छैन।

गत जनवरी २० मा राष्ट्रपति पदमा सपथ लिएपछि ट्रम्पले विभिन्न नयाँ कार्यदेशहरू जारी गरेका थिए। उनले प्रशासनिक खर्च कटौती गर्नेदेखि लिएर वैदेशिक अनुदान निलम्बन गर्ने कार्यदेहरूमा पनि हस्ताक्षर गरेका थिए। यतिबेला अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी)लाई बन्द गर्ने ट्रम्पको नीतिमाथि चर्को बहस भइरहेको छ। मस्क नेतृत्वको टिमले युएसएआइडी बन्द गर्नुपर्ने सुझाव राष्ट्रपति ट्रम्पलाई दिएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.