ट्रम्पले भने : युक्रेनलाई अर्बौं डलर दियौं, बदलामा केही पाएनौं

बाइडेनले युद्ध अन्त्यको प्रयास नगरेको आरोप

ट्रम्पले भने : युक्रेनलाई अर्बौं डलर दियौं, बदलामा केही पाएनौं
सुन्नुहोस्

वासिङटन डिसी : युक्रेन युद्धलाई लिएर अमेरिका र युक्रेनबीच तनाव थप बढेको छ। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस र अमेरिकाबीचको वार्तामा युक्रेनलाई समावेश नगरेकोमा अमेरिकाको आलोचना गरेका थिए। अहिले डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई निशाना बनाएका छन्।

सामाजिक सञ्जाल वेबसाइट ट्रुथमा उनले लामो पोस्टमा लेखेका छन्, 'यस बारेमा सोच्नुहोस्, एक सामान्य हास्य कलाकार भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिकालाई आफूले जित्न नसक्ने युद्धमा हाम फाल्न ३५० अर्ब डलर दिन आग्रह गरे। एउटा युद्ध जुन कहिल्यै सुरु हुनुहुँदैनथ्यो। एउटा युद्ध जुन अमेरिका र ट्रम्प बिना अन्त्य हुन सक्दैन। अमेरिकाले यस युद्धमा युरोप भन्दा २०० अर्ब डलर बढी खर्च गरेको छ। युरोपले खर्च गरेको पैसा फिर्ता पाउनेछ, तर अमेरिकाले केही पाउने छैन।'

उक्त विषयमा बाइडेनप्रति पनि उकले तिक्तता पोख्दै भने,'यो लडाई हामी भन्दा युरोपको लागि महत्त्वपूर्ण छ भन्ने थाहा भएर पनि स्लीपी जो बाइडेनले यस विषयमा समानताको माग किन गरेनन्? रोचक कुरा त के हो भने जेलेन्स्कीले पनि स्वीकार गरेका छन् कि हामीले उनलाई दिएको आधा पैसा हराएको छ। उनले देशमा चुनाव गराउन अस्वीकार गरे।'

उनले थप भने, 'युक्रेनमा जेलेन्स्कीको लोकप्रियतामा निकै कमी आएको छ। उनी केवल एउटा कुरामा पोख्त सावित भएका छन्। त्यो के हो भने उनले बाइडेनलाई आफ्नो धुनमा नाच्न लगाए। यसैबीच हामी रूससँग कुरा गरेर यो लडाईं अन्त्य गर्ने प्रयास गरिरहेका छौं। सबैजनाको विश्वास छ कि ट्रम्प प्रशासनले मात्र यो गर्न सक्छ।'

बाइडेनले पनि युद्ध अन्त्यको प्रयास नगरेको उनले बताए। साथै युरोप पनि शान्ति स्थापना गर्न असफल भएको उनको भनाइ छ। यसको सबैभन्दा ठूलो कारण भनेकै जेलेन्स्की हुन्। उनी युद्ध यसरी नै जारी रहोस् भन्ने चाहान्छन्।

उनले भने, 'म युक्रेनलाई माया गर्छु तर जेलेन्स्कीले धेरै नराम्रा काम गरेका छन्। उनको देश टुक्रिएको छ र लाखौं मानिसहरू अनावश्यक रूपमा मरेका छन्।'

यसअघि जेलेन्स्कीले रुसले युक्रेनको बारेमा धेरै गलत सूचना फैलाइरहेको आरोप लगाएका थिए। ट्रम्प पनि गलत सूचनाको दुनियाँमा भएको उनले उल्लेख गरेका थिए। बीबीसी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.