देश एमालेकरण गर्ने प्रयास भइरहेको छ : शेखर कोइराला

देश एमालेकरण गर्ने प्रयास भइरहेको छ : शेखर कोइराला
तस्बिर : अन्नपूर्ण

वीरेन्द्रनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश एमालेकरण गर्ने प्रयास भइरहेको बताएका छन् । नेपाली कांग्रेसको पूर्वआप्रवासी समन्वय विभागले सुर्खेतमा आयोजना गरेको विदेशदेखि स्वदेशसम्म विषयक प्रदेश भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन् । 

उनले अहिले मुलुकका मुख्यमुख्य जिम्मेवारीहरूमा एमालेका मान्छेहरू भरेर मुलुक नै एमालेकरणको प्रयास भइरहेकाले त्यसलाई कांग्रेसले रोक्न जरुरी रहेको बताए । उनले भने,‘प्रधानमन्त्री एमाले,सभामुख एमाले, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष एमाले,लगानी बोर्डको अध्यक्ष एमाले,गभर्नर एमाले जस्ता अधिकांश राष्ट्रका प्रमुख जिम्मेबारी एमालेको छ । तर, मुलुकको अर्थतन्त्रदेखि सुशासनको अवस्था नाजुक छ । यसको अर्थ अहिले मुलुक नै एमालेकरणको प्रयास भइरहेको छ । नेपाली कांग्रेस देशको मुख्य जिम्मेवारीमा नभएकै कारण मुलुकको संकट समाधान नभएको हो । जब नेपाली कांग्रेस मुलुकका प्रमुख जिम्मेवारीमा हुन्छ । तब मुलुकका सबै प्रकारका संकटको समाधान हुने गरेको इतिहास छ ।’

उनले एमालेका सबै कुरा ठिक भन्दै जाने हो भने आउने २०८४ सालको निर्वाचनलाई कसरी फेस गर्ने हो भन्दै प्रश्न समेत गरे।

उनले अहिले सरकारमा एमालेसँग सहकार्य गरिरहेको भएपनि प्रतिष्पर्धीका रुपमा पनि एमालेलाई नै लिनुपर्ने बताए । उनले भने,‘एमालेका सबै कुरा ठिक भन्दै जाने हो भने आउने २०८४ सालको निर्वाचनलाई कसरी फेस गर्ने हो । यस विषयमा पार्टीले रणनीतिक रुपमा अगाडि बढ्नुपर्छ । हामी लोकतान्त्रिक पार्टी हौँ । लोकतान्त्रिक मुल्यमान्यतालाई नै अवमुल्य हुनेगरी एमालेसँग सहकार्य गर्नु हुँदैन । यो कुरा सबैलाई बुझाउन जरुरी छ ।’

उनले सहि कुरालाई सहि र गलत कुरालाई गलत भन्न नसक्ने जोकोही पनि कांग्रेस हुन नसक्ने बताए । उनले भने,‘हामी सरकारमा छौँ । तर, सरकारकै आलोचना गरिरहेका छौँ । म आफै अहिलेको सभापतिसँग भिडेको हो । तर, मैले राम्रो काममा सधैं सभापतिलाई साथ दिएको छु । तर जहाँ कमीकमजोरी हुन्छ । मैले बोल्ने गरेको छु । त्यसैले हामी सरकारमा भएपनि राम्रो काम गर्नका लागि सरकारको आलोचना जरुरी छ ।’ 

मुलुकको समस्या समाधानका लागि दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउने अनि ती समस्या जस्ताका त्यस्तै रहने । यस विषयमा गम्भीर हुन जरुरी छ।

उनले थपे,‘सरकारमा हाम्रा मन्त्रीहरू छन् । तिनीहरूको पनि आलोचना गर्नुपर्छ । किनभने उनीहरूले राम्रो काम गरुन् । जनताको हितमा काम गरुन् । आलोचनाले राम्रो गर्नका लागि सहयोग पुग्छ । सरकारले गलतै गर्न लाग्दा हाम्रा मन्त्रीहरुले पनि त्यसलाई रोक्नुपर्छ ।’

कांग्रेस नेता कोइरालाले सरकारले बजेट नै खर्च नसक्ने समस्याको खोजी गर्नुपर्ने बताए । उनले भने,‘सरकारलाई काम गर्न कसले रोकेको छ । बजेट नै खर्च गर्न नसक्ने सरकारले किन होला । मैले सरकारको विषयमा आलोचना गरेर कहाँ सरकार गिराउन खोजेको हो र ? सरकारले राम्रो काम गरो भन्ने कुरा हो । मुलुकको समस्या समाधानका लागि दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउने अनि ती समस्या जस्ताका त्यस्तै रहने । यस विषयमा गम्भीर हुन जरुरी छ ।’

कर्णालीमा एउटा मात्र ठूलो जलविद्युत आयोजना निर्माण गरी सञ्चालन हुँदा यहाँको मुहार फेरिन्छ । त्यसका लागि अब सबैले पहल लिनुपर्छ।

कांग्रेस नेता कोइरालाले नेपाली कांग्रेसलाई जिवन्त बनाउन समयमै पार्टीको महाधिवेशन गर्न जरुरी रहेको बताए । ‘यता कता केही नेताहरसँग पार्टी सभापतिले आगामी १५ औँ महाधिवेशन २०८४ पछि गर्ने कुरा सुनिन आएको छ । यसो गर्दा पार्टी थप नाजुक बन्दै जान्छ । यसले नेपाली कांग्रेसलाई नै समस्यामा पार्छ । हामीले २०८२ सालको मंसिरमा हुनुपर्छ । हामीले विधान र संविधानको व्यवस्थालाई प्रयोग गरेर बढीमा डेड वर्षपछि सार्न सक्छौँ । तर, त्यसले पार्टीको हित गर्दैन । यो कुरा हामी सबैले पार्टीलाई बुझाउनुपर्छ । नेपाली कांग्रेसका कार्यकर्तातहबाट नेपाली कांग्रेसको आगामी महाधिवेशन समयमै गर्न दबाब दिन जरुरी छ ।’

कांग्रेस नेता कोइरालाले आफू पार्टीको जिम्मेवारीमा रहँदा कसैलाई पनि अन्याय नगर्ने प्रतिवद्धता जनाए । उनले भने,‘विगतमा अरुले जसरी पार्टीभित्र अन्याय गरे । ढुक्क हुनुस् । म त्यस्तो अन्याय गर्दिनँ । पार्टीमा सबैलाई न्याय हुने गरी काम गर्छु ।’ 

उनले कर्णाली राज्यको मुल नेतृत्वबाटै उपेक्षामा पारिएकाले अब आफूले कर्णालीको विकास र समृद्धिका लागि पहल लिने बताए । भने,‘कर्णाली प्राकृतिक श्रोत साधनहरको धनी प्रदेश हो । तर, मुलुकको नेतृत्वबाटै उपेक्षामा पारिएकाले विकासमा पछि परेको छ । अब हामी त्यसो हुन दिँदैनौं। कर्णालीमा एउटा मात्र ठूलो जलविद्युत आयोजना निर्माण गरी सञ्चालन हुँदा यहाँको मुहार फेरिन्छ । त्यसका लागि अब सबैले पहल लिनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.