ललितपुर महानगरले चलायो डोजर
काठमाडौं : ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडिका संरचना भत्काएको छ। ललितपुरको ऐतिहासिक महत्वको न्हु पोखरी संरक्षणका लागि महानगरले लगनखेलस्थित ५ नं. वडा कार्यालय भवन साथै लगनखेलसम्मका संरचना भत्काएको हो।
सो क्षेत्रमा रहेका पसल, टहरा र अन्य पक्की संरचना समेत महानगरको डोजरले भत्काइएको थियो। न्हु पोखरी महानगरले संरक्षण गरिरहेको र सर्वसाधारणले सहजरूपमा ऐतिहासिक महत्वको न्हु पोखरीलाई देख्नसक्ने गरि पोखरी अगाडीको संरचना हटाइएको महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए। उनले ललितपुर महानगरका अन्य क्षेत्रमा रहेका ऐतिहासिक महत्त्वका स्थानलाई सहजरूपमा देखिने गरी काम हुने बताए।
त्यस्तै ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाच्छेथुले २०८२ असार ३१ सम्म न्हु पोखरी पुननिर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको जानकारी दिए। पहिलो चरणमा सो क्षेत्रमा रहेका १२ वटा टहरा भत्काइएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !