नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं : नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले लगानी प्रवर्द्धन,पर्यटन क्षेत्रको विस्तार र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ।
संघका अध्यक्ष संजय अग्रवालले नेपाल–इटालीबीचको राजनीतिक तथा आर्थिक सम्बन्धको लामो यात्रा जुन ३१ अगस्ट १९५९ मा सुरू भएको बताउँदै दुई पक्षीय सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गरिने लक्ष्यमा संघको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
उनले इटालीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ विशेषगरी १९९० मा लोकतन्त्रको स्थापनापछि र २०१५ को भूकम्पपछि इटाली सरकारले पुर्याएको सहयोग ऐतिहासिक रहेको स्मरण गरे ।
कार्यक्रममा नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पुर्याउने व्यक्तित्वहरू तथा संस्थाहरूलाई सम्मान गरिएको थियो। अशंक शमसेर जंगबहादुर राणालाई २०२४ का ‘वर्षको उत्कृष्ट सदस्य’को रूपमा सम्मानित गरेको थियो।
कार्यक्रममा नेपालका लागि इटालीका मानार्थ वाणिज्य दूत प्रतिमा पाण्डे,संघका वरिष्ठ उपाध्यक्ष अरनिको राजभण्डारी,उपाध्यक्ष रुपक राजवंशी,उपाध्यक्ष मनोज कुमार ज्ञवालीलगायत प्रतिष्ठित संघका सदस्यहरूको उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस !