नेपाल फेरि चुक्यो, महिला च्याम्पियनसिपको उपाधि म्यानमारलाई

नेपाल फेरि चुक्यो, महिला च्याम्पियनसिपको उपाधि म्यानमारलाई
सुन्नुहोस्

काठमाडौं : चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा म्यानमारले नेपाललाई २-० गोलले पराजित गर्दै उपाधि जितेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा खेलको दोस्रो हाफमा म्यानमारले २ गोल गर्दै नेपाललाई घरेलु मैदानमा स्तब्ध पारेको हो। यो हारसँगै नेपालले १३औं फाइनलमा पनि रजतमा सीमित भएको हो। फाइनल खेलको ११औं  मिनेटमा युन वादी ह्यालिङले गरेको प्रहार एन्जिलाले रोकिन्। २४औं मिनेटमा म्यानमारकी सान थले गोलरक्षकलाई समेत विट गरेर पोष्टभित्र हानेको प्रहार विमला विकले पोष्ट भित्रबाट उत्कृष्ट बचाउ गरिन्। 

३५औं मिनेटमा सावित्रा भण्डारीले गरेको प्रहारलाई म्यानमारकी गोलकिपर म्यो म्या नेइनले विफल बनाउँदा नेपालले अग्रता लिने सुनौलो अवसर गुमायो। रेखाले पेनाल्टी बक्सबाहिर निकालेको क्रसलाई सावित्राको प्रहार रोकियो। खेलको ४३औं मिनेटमा रेनुका नगरकोटीले दायाँ कर्नरबाट निकालेको क्रसमा सावित्राको हेडर कनेक्ट हुन सकेन।

खेलको ५५औं मिनेटमा विमला विकको लामो पासमा सावित्रा भण्डारीको हेडर पोष्ट नजिकबाट बाहिरियो। ६२औं मिनेटमा बायाँ कर्नरबाट यू पेर खिनले हानेको बल गोल भएको हो। ६४औं मिनेटमा पुनः म्यानमारले दोस्रो गोल गर्‍यो। म्यानमारकी कप्तान विन थेङ्गी तुनले पोष्टको दायाँबाट वान बाइ वानमा एन्जिलाले बल डिफेन्स गर्दा पूर्णरूपमा नरोकिइ सोही बल गीता राना मगरलाई लाग्दै गोल भयो। डिफेन्समा गएकी गीताले रोक्न सकिनन्। खेलको ७०औं मिनेटमा रश्मि घिसिङको वान वाइ वानको गोल म्यानमारकी गोलरक्षक म्योले क्याच गरिन्। थप गरिएको समयमा पनि दुवै टिमले केही मौका बनाए पनि गोल भने भएन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.