झापाको हल्दिबारीमा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु
झापा : झापाको हल्दिबारीमा जंगलीमा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-४ निवासी ७६ वर्षीय वृद्ध भीमप्रसाद भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
स्थानीयवासीको अनुसार वृद्ध भट्टराई आज बिहान १० बजे चौकीविरान सामुदायिक वनमा प्रवेश गरेका थिए। हात्तीको आक्रमणबाट मृत्यु भएका उनको शव अपराह्न ४ बजे फेला परेको थियो। घटनाको बारेमा थाहा पाए लगतै प्रहरीसहित जनप्रतिनिधिको टोली घटनास्थल पुगेका थिए।
प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले घटनाको बारेमा छानबिन भइरहेको बताए। जलथल जंगलको मध्य भागमा घटना भएकाले समस्यामा भएको र त्यसबारेमा अनुसन्धान भइरहेको उनको भनाइ छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस !