बालिकालाई करणी गरेको आरोपमा एक जना प्रकाउ
गल्मी : ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना प्रकाउ परेका छन्।रुरुक्षेत्र गाउँपालिका-१ का ५७ वर्षीय फर्सुराम पौडेल पक्राउ परेका हु । आफ्नै घरमा संरक्षण गरी राखेकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि पौडललाई पक्राउ गएिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
तम्घास बजारमा अलपत्र बालिकालाई २०७६ कात्तिक १ गते अमरकल्याण महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले संरक्षणमा लिएको थियो। तर, पौडलले १५ मंसिर २०७६ सालमा बालिकालाई आफ्नो संरक्षणमा राखेर पालन पोषण गर्न भन्दै घरमा लगेका थिए। आफ्नै घरमा पालनपोषण गर्न राखेकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चार वर्षपछि उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले जानकारी दिए।
प्रहरीका अनुसार पौडेलले २०७७ सालको जेठ महिनामा बालिकालाई ललाई फकाई डर धाक दिई जबरजस्ती करणी गरेका थिए। बालिकाले हाल आफू संरक्षणमा रहेको एसोएस बालग्राम भैरहवा जबर्जस्ती करणीको गरेको खुलाएकी हुन्। जिल्ला प्रहरी कार्यालय गुल्मीमा फागुन १२ गते जाहेरी दर्ता भएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए। उनले पौडेललाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताए।
प्रतिक्रिया दिनुहोस !