रेबिज लागेको भैंसी बिक्री गर्ने र किन्ने दुवैजना पक्राउ

रेबिज लागेको भैंसी बिक्री गर्ने र किन्ने दुवैजना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

स्याङ्जा : रेबिज रोगबाट संक्रमित घरपालुवा जनावर किनबेच गरेको आरोपमा वालिङबाट दुईजना पक्राउ परेका छन्। जनावर बिक्री गर्ने वालिङ नगरपालिकाका ५५ वर्षीय राजेन्द्रबहादुर केसी र खरिदकर्ता ५० वर्षीय  शंसुद्धिन मिया पक्राउ परेका हुन्।

केसीले बिरामी परेका भैंसीसहित पाडा,बाख्रा र पाठीगरी चारवटा जनावर मियालाई बिक्री गरेका थिए। बिक्रीपछि भैंसी मरेको र भैंसीमा रेबिजको लक्षण देखिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए।  जनावर खरिदगरी मासुका लागि बजारतर्फ लाँदै गरेको अवस्थामा मियालाई पक्राउ गरिएको हो। बालिङ नगरपालिकाका पशु प्राविधिकलाई उदृत गर्दै भैंसीमा संक्रामक रोग रेविजको लक्षण देखिएको प्रहरीले जनाएको छ।

सवारी साधनमा राखी वालिङहुँदै भीरकोट नगरपालिको बयरघारीतर्फ लैजाँदै गरेको अवस्थामा मियाँ पक्राउ परेका हुन्। खानतलासी गर्दा मरेको भैँसीसहित पाडो, बाख्रा र बाख्राको पाठीगरी चारवटा पशु भेटिएको थियो।

पक्राउ परेको दुवैजनालाई जिल्ला अदालत स्याङ्जाबाट सङ्क्रामक रोग फैलाउन नहुने कसूर मुद्दामा म्याद थप गरी अनुसन्धान जारी छ। प्रहरीका अनुसार मरेको भैंसीलाई व्यवस्थित रूपमा गाडेको छ भने अन्य ३ पशुलाई केसीकी पत्नीलाई जिम्मा लगाइएको प्रनाउ पौडेलको भनाइ छ। 

मरेको भैंसीलाई केही दिनअघि कुकुरले टोकेको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.