नेपाल आइडल सिजन–६ घोषणा : अडिसन चैतको पहिलो हप्तादेखि

नेपाल आइडल सिजन–६ घोषणा : अडिसन चैतको पहिलो हप्तादेखि
सुन्नुहोस्

काठमाडौं : संगीत प्रेमिमाझ लोकप्रिय कार्यक्रम नेपाल आइडलको नयाँ सिजन (शृंखला) को घोषणा गरिएको छ। एपीवान टेलिभिजनद्वारा प्रस्तुत नेपाल आइडल सिजन–६ को अडिसन चैत महिनाको पहिलो हप्तादेखि सुरु हुने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा अडिसनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिइएको छ। सम्मेलनमा नयाँ शृंखलाको टिजर पनि सार्वजनिक गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एवं अन्नपूर्ण नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले लुकेका प्रतिभालाई बाहिर ल्याएर संसारमाझ चिनाउन यो कार्यक्रमले  मद्दत गरेको बताए। नेपाली जनतामाझ लोकप्रिय बन्न सफल नेपाल आइडलको नयाँ शृंखला पनि भव्य रूपमा सफल हुने विश्वास व्यक्त गर्दै क्याप्टेन थापाले नेपाल आइडल नयाँ सिजनमा साथ दिने सबै प्रायोजकहरूलाई धन्यवाद व्यक्त गरे। यस्तै एपीवानका कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्यले प्रतिभा भएर पनि अवसर नपाएर युवाहरूलाई प्लेटफर्म दिने काम नेपाल आइडलले गरेको बताए। उनले नयाँ शृंखला सहभागिता लागि अनुरोध पनि गरे। 

यस सिजनलाई अघिल्ला सिजनभन्दा फरक र विशेष बनाउने उद्देश्य राखेको एपीवानका प्रमुख कार्यकारी अधिकृत सुरेश पौडेलले जानकारी दिए। नेपाल आइडलले नेपाली संगीत क्षेत्रका उदीयमान तथा लुकेका प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण मञ्चको रूपमा आफूलाई स्थापित गर्दै आएको छ। ‘यसपटकको सिजनमा प्रतियोगीहरूलाई ब्याकअप ब्यान्डको साथ रहने व्यवस्था गरिएको छ, जसले उनीहरूको प्रस्तुतिलाई अझ उत्कृष्ट बनाउन सहयोग गर्नेछ। साथै, नेपाल आइडलका एक्स्ट्रा एपिसोडहरू पनि प्रसारण गरिने छन्, जसले दर्शकलाई पर्दा पछाडिका रोचक कथाहरू प्रस्तुत गर्नेछ,’ पौडेलले कार्यक्रममा बताए।

यस सिजनको निर्णायक मण्डलमा सुरुवाती तीन सिजन तथा पाँचौं सिजनका निर्णायकहरू न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहनेछन् भने कार्यक्रम प्रस्तोताको रूपमा आसिफ शाह हुनेछन्।

अडिसन चरणअन्तर्गत झापाको इटहरी, कास्कीको पोखरा, बाँकेको नेपालगञ्ज हुँदै संघीय राजधानी काठमाडौंमा ओपन अडिसन गरिनेछ। नेपाल आइडलले आफ्नो यात्रा सन् २०१७ मा सुरु गरेदेखि अहिलेसम्म १५० भन्दा बढी एपिसोड प्रसारण गरिसकेको छ। यसले नेपाली संगीत प्रेमीहरूलाई एउटै मालामा गाँसेर, नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण भूमिका खेल्दै आएको छ। हालसम्म नेपाल आइडलका पाँच विजेता क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियार छन्।

नेपाल आइडलको सिजन–६ को टाइटल स्पोन्सरका रूपमा कोकाकोला रहेको छ भने एक्सकुसिभ भोटिङ पार्टनरका रूपमा ईसेवा रहेको छ। नेपाल आइडलको प्रसारण एपीवान टेलिभिजनबाट हुनेछ। समयअनुसार केही परिमार्जन र नवीनता समेट्दै सिजन–६ प्रस्तुत गरिनेछ, जसले नेपाली दर्शकमाझ अझ गहिरो प्रभाव पार्ने विश्वास लिइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.