नवनियुक्त प्रशिक्षक भन्छन्- नेपाललाई साफ च्याम्पियनसिप जिताउने चाहना छ

नवनियुक्त प्रशिक्षक भन्छन्- नेपाललाई साफ च्याम्पियनसिप जिताउने चाहना छ
सुन्नुहोस्

काठमाडौं : नेपाल राष्ट्रिय फुटबल टिमका नवनियुक्त प्रशिक्षक म्याट रोसले नेपाली पुरुष टिमलाई साफ च्याम्पियनसिप जिताउने चाहना रहेको बताएका छन्।
 
सोमबार पत्रकारसँग उनले नेपाली टिमलाई साफ च्याम्पियनसिप जिताउने इच्छा रहेको बताए। एसियन क्वालिफार्यसमा पनि नेपाललाई सकभर क्वालिफाइ गराउन आफू प्रयासरत रहने उनको भनाइ छ। ‘नेपाली टिमलाई साफ च्याम्पियसिप जिताउन चाहन्छु। एसियन क्वालिफार्यसका लागि थोरै समय छ। तैपनि मेरो तर्फबाट क्वालिफाइ गराउन कोसिस गर्नेछु,' उनले भने।

 
सोमबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले ललितपुरमा आयोजना गरेको अन्तर्क्रियामा उनले नेपाललाई एसियन क्वालिफायर्स छनोट गराउनेदेखि साफ च्याम्पियनसिप लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिता जित्नका लागि ध्यान केन्द्रित गर्ने बताए। नेपालमा फुटबलको लोकप्रियता धेरै देखिएको भन्दै उनले फुटबल खेलको विकासका लागि आफूले आवश्यक भूमिका खेल्ने जिकिर गरे। स्पष्ट भिजन र योजना भए कुनै पनि खेल जित्नका लागि कठिन नभएको उनले बताए। 

उनले नेपाली टिममा केही सुधारको आवश्यकता आफूले देखेको भन्दै जुनसुकै खेलमा पनि उच्च मनोबलका साथ मैदान उत्रन जरुरी रहेको जिकिर गरे। आफ्नो कार्यकालमा दबाबमुक्त भएर टिमको विकासमा लाग्ने उनको भनाइ छ। ‘नेपालमा निकै राम्रो क्षमता भएको खेलाडीहरू छन्। केही उदार भएर सुधार गर्नु जरुरी छ,’ उनले भने।

उक्त पत्रकार सम्मेलानजमा म्याट रोसलाई नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकका रूपमा एक वर्षको सम्झौता गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। मुख्य प्रशिक्षकका लागि कूल ४१६ आवेदन प्राप्त भएका थिए। जसमा २० जनाको सर्टलिष्टबाट झार्दै १० र ५ जना गर्दै म्याट रोसलाई अन्तरावार्ताबाट नेपालले मुख्य प्रशिक्षकको रूपमा पाएको हो।
 
उनले म्याट रोसको पारिश्रमिकबारे भने खुलाएनन्। शाहले नयाँ प्रशिक्षक चयन भएसँगै नेपाली टीमलाई बलियो रूपमा अघि बढाउने विश्वास व्यक्त गरे। ‘उहाँको पारिश्रमिकबारे भने फुटबल संघ र प्रशिक्षकबीच एक सम्झौता भएको छ। जसमा उहाँले नखुलाउने गरी सम्झौता गोप्य राख्ने सर्तहरू रहेका छन्।’ म्याट रोस डेढ महिनादेखि काठमाडौंमा रहेर नेपाली फुटबललाई नियालिरहेका थिए। उनले मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिकाको सुरुवात गर्नेछन्। 

नेपालले मार्च २५ मा मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट २०२६ को पहिलो लेग खेल्दैछ। यो खेल नेपालले 'होम अवे' खेलको रूपमा खेल्नेछ। नेपालले होम ग्राउन्डमा भने नोभेम्बर खेल्ने तालिका बन्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.