केपी ओली कप : फाइनलको पहिलो हाफमा मछिन्द्रको अग्रता
काठमाडौं : केपी ओली कपको तेस्रो संस्करणको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबविरुद्ध पहिलो हाफमा मछिन्द्र फुटबल क्लबले १-० को अग्रता बनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा २९औं मिनेटमा सनिस श्रेष्ठको क्रसलाई आर्मीका डफेन्डर विमल पाण्डेले क्लियर गर्न खोज्दा आत्मघाती गोल हुन पुगेको हो।
सेमिफाइनलमा आर्मीले संकटा क्लबलाई २-१ गोलले हराउँदै फाइनल प्रवेश गरेको हो। त्यस्तै, मछिन्द्र फुटबल क्लबले आयोजक केपी एफसीलाई ४-० ले पराजित गरेको थियो।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाखसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने छ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार पाउनेछन्। फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफनको सहभागिता रहेको छ।
प्रतिक्रिया दिनुहोस !