केपी ओली कपको उपाधिमा मछिन्द्रको ह्याट्रिक

केपी ओली कपको उपाधिमा मछिन्द्रको ह्याट्रिक

काठमाडौं : त्रिभुवन आर्मीलाई हराउँदै मछिन्द्र क्लबले केपी ओली कपको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा मछिन्द्रले आर्मीलाई २-० गोलले पराजित गर्दै ह्याट्रिक गरेको हो। मछिन्द्रलाई जित दिलाउन सनिस श्रेष्ठ र स्टेफन जमाह जलीले गोल गरे। मछिन्द्रले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो। 

खेलको २९औं मिनेटमा सनिसले गरेको प्रहार आर्मीका रक्षक विमल पाण्डेबाट डिफ्लेक्ट हुँदै गोल भएको थियो। ७३औं मिनेटमा स्टेफन जमाह जलीले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए। जलीले मलिक युसुफको क्रसमा ड्याप इन गोल गरे। यसपछि थप गोल नहुँदा मछिन्द्र लगातार तेस्रो पटक च्याम्पियन बनेको हो। मछिन्द्रले यसअघि प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो।

फाइनल खेलको उत्कृष्ट खेलाडी मछिन्द्रका छिरिङ गुरुङ भए। त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता मछिन्द्रका स्टेफेन जमाहा जाली घोषित भए। फाइनलमा पनि गोल गरेका उनले  ५० हजार रुपैयाँ पुरस्कार पाए।

त्यस्तै उत्कृष्ट गोल रक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ भए। उनले ५० हजार नगद र एउटा  यामाहा बाइक जिते। त्यस्तै इमर्जिङ खेलाडी त्रिभुवन आर्मीका निराजन धामी भए। प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर मछिन्द्रका सनिस श्रेष्ठ भए। उनले १ लाख रुपैयाँ नगदसहित बाइक जिते।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.