अन्नपूर्णसँग घाम ऊर्जा सेवाको सहकार्य
काठमाडौं : सोलार बिजुली प्रवर्द्धन गर्दै आइरहेको घाम ऊर्जा सेवाले अन्नपूर्ण मिडिया नेटवर्कसँग सहकार्य गरेको छ। सोलार बिजुलीको प्रवर्द्धन गर्नका लागि घाम ऊर्जा सेवाले अन्नपूर्ण मिडिया नेटवर्कसँग सहकार्य गरेको हो।
बुधबार अन्नपूर्ण मिडिया नेटवर्कको तीनकुनेस्थित हेडक्वार्टरमा एक समारोह बीच सहकार्य सम्झौता भएको छ। सम्झौतापत्रमा स्टार्टअपसँग अन्नपूर्ण अभियानकी संयोजक सुधा भुजेल र घाम ऊर्जा सेवाकी मार्केटिङ म्यानेजर वन्दना शाक्यले हस्ताक्षर गरेकी छन्।
‘अन्नपूर्णको रिचहरु धेरै भएकाले हामीले अन्नपूर्ण मिडिया नेटवर्कलाई नै छानेका हौं’, मार्केटिङ म्यानेजर वन्दना शाक्यले भनिन्, ‘हामी सोलार बिजुलीका बारेमा आमजनसमुदायमा सचेतना जगाउने छौ।’
उनका अनुसार घाम ऊर्जाले सानादेखि ठूला उद्योग/व्यवसायहरू सोलारको माध्यमबाट बिजुली उत्पादन गरि वितरण गर्ने सेवा प्रदान गदै आइरहेको छ।
प्रतिक्रिया दिनुहोस !