दसौं राष्ट्रिय खेलकुद : नयाँ मितिले तरंगित खेल क्षेत्र

दसौं राष्ट्रिय खेलकुद : नयाँ मितिले तरंगित खेल क्षेत्र

काठमाडौं : नेपाली खेलकुदको महाकुम्भ मानिने राष्ट्रिय खेलकुद आगामी जेठ ३ देखि १० गतेसम्मका लागि सरेको छ। राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले तेस्रोपटक नयाँ मिति तय गरेको हो। राष्ट्रिय खेलकुदको नयाँ मितिलाई लिएर खेलकुद क्षेत्रमा ठूलो बहस सिर्जना भएको छ। धेरैले नयाँ जेठमा गर्न लागिएको राष्ट्रिय खेलकुदको विरोध गरेका छन्। 

राखेपको बोर्ड बैठकमा ७ मध्ये ६ प्रदेशका सदस्य सचिव अनुपस्थित थिए। स्रोतका अनुसार उनीहरूले बैठक बहिष्कार गरेका थिए। नयाँ मितिले खेलाडीहरूको तालिकासमेत बिग्रिएको उनीहरूको तर्क छ। ‘हामीले अन्तर्राष्ट्रिय क्यालेन्डरहरू पछि धकेल्दै राष्ट्रिय खेलकुद कुरिरहेका हुन्छौं। तर, एकपछि अर्को मिति सर्दा नैराश्यता बढिरहेको छ,' उनले भनिन्। नेपाली एथ्लेटिक्समा गोल्डेन गर्लको उपनाम पाएकी सन्तोषीले यसले समग्र नेपाली खेलकुदलाई पछाडि पार्ने बताइन्। 

यता प्रदेशहरूले पनि खेलाडी छनौट गरेर बन्द प्रशिक्षणमा समेत राखिसकेको छ। ‘हामीले खेलाडी छनोट गरिसक्यौं। कतिपय खेलको खेलाडीलाई बन्द प्रशिक्षणमा राखिसक्यौं। अब ती खेलाडीलाई कसरी व्यवस्थापन गर्ने?’ सुदूरपश्चिम प्रदेश राखेप सदस्य सचिव दीपक सिंहले भने। सम्बन्धित निकायको गैर जिम्मेवारीपन र खेलकुद, बोलीमा मात्रै सीमित हुँदा घरेलु खेलकुद संरचनाको महाकुम्भ छायाँमा परेको खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ बताउँछन्। ‘खेलकुदका तल्लो निकायहरू खेलकुद गर्न तयार थिए। तर, अर्थमन्त्रालय र प्रधानमन्त्रीले ध्यान दिएनन्,’ अन्नपूर्णसँग उनले भने।

जेठ महिनामा विरेन्द्रनगर अत्याधिक गर्मी हुने र खेलाडीको स्वास्थ्य सुरक्षा नहुने भन्दै आफूले माइन्युटमा हस्ताक्षर नगरेको श्रेष्ठको दाबी छ। ‘खेलाडीका लागि राष्ट्रिय खेलकुद नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहारजस्तो भएको छ,' उनले भने।

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले तोकिएको समयमा राष्ट्रिय खेलकुद गराउनुपर्ने बताए। ‘तोकिएको समयमा खेलकुद प्रतियोगिता भएको राम्रो हो। राष्ट्रिय खेलकुद सर्दा हामीले अन्तर्राष्ट्रिय क्यालेन्डरलाई पनि मिलाउनुपर्छ,' उनले भने।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ भने अब उपरान्त राष्ट्रिय खेलकुद नसरोस् भन्नेमा आफ्नो धेय रहेको बताए। ‘सुर्खेतमा गर्मी तथा सोही किसिमले तालिका मिलाएर खेल गर्नेतर्फ पनि हाम्रो छलफल भइरहेको छ,' अन्नपूर्णसँग उनले भने। मौसमको अनुकूलताको विषयमा पनि बसेर छलफल गर्नुपर्ने उनको भनाइ छ। 

‘मैले पटक-पटक प्रयास गर्दा पनि राष्ट्रिय खेलकुद परिषद (राखेप)को बैठक ढिला आयोजना भयो। धेरै पटक प्रयास गर्दा पनि बैठक बस्न सकेन। जसका कारण एजेन्डा पारित हुन समय लाग्यो,' घिसिङले भने। उनका अनुसार मंसिर २१ मा पठाएको १०औं आर्थिक एजेन्डा फागुन १२ मा मात्रै राखेप आइपुगेको हो। संघीय मन्त्रालयबाट भएको ढिलासुस्तीका कारण मिति सरेको उनले बताए।

सुदूरपश्चिमका सदस्य सचिव सिंह भने घिसिङको कुरामा असहमति राखे। ‘११६औं राखेप बोर्ड बैठकबाट १०औं राष्ट्रिय खेलकुदको बहस चलेको १२१औं बैठकमा समेत त्यही कुरा हुन्छ। बजेट २५ प्रतिशत कटौति भएको भन्ने कुराहरू गर्नुहुन्छ। आफ्नो आपसी टसलले खेलाडीको भविष्य अन्योलमा पार्ने?,' उनी प्रश्न गर्छन्। उनले संघीय सरकारको राजनीतिक खिचातानीले घरेलु खेलकुदको संरचनामा खलल आएको आरोप लगाए। राखेप उपाध्यक्ष ध्रुव आचार्यका अनुसार संरचना तयार हुन अझै १ देखि डेढ महिना समय लाग्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.