बुद्ध एयरको चरम लापरबाही, ६२ यात्रु बोकेको जहाज एउटा पाङ्ग्रा बिनै काठमाडौंमा अवतरण

बुद्ध एयरको चरम लापरबाही, ६२ यात्रु बोकेको जहाज एउटा पाङ्ग्रा बिनै काठमाडौंमा अवतरण
सुन्नुहोस्

काठमाडौं : बुद्ध एयरको विमान एउटा पाङ्ग्रा बिनै काठमाडौंमा अवतरण गरेको खुलेको छ। जनकपुरबाट उडेको बुद्ध एयरको 9N-ANH जहाज बिहीबार 'नोज'तर्फको एउटा पाङ्ग्रामा मात्रै अवतरण गरेको खुलेको हो।

जनकपुर विमानस्थलबाट ४:३९ बजे उडेको उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५:५ मा अवतरण गरेको थियो। अवतरणपछि पाइलटले सुरक्षा जाँच गर्ने क्रममा अगाडितर्फ (नोज ल्यान्डिङ गेयर) एउटामात्र पाङ्ग्रा देखिएको थियो। यस विषयमा सोधीखोजी गर्दा अर्को पाङ्ग्रा जनकपुर विमानस्थलमै खसेको खुलेको थियो।

बुद्ध एयरले चरम लापरबाही गरेको नेपाल उड्डयन प्राधिकरण स्रोतले बताएको छ। जहाजमा चालक दलबाहेक ६२ जना यात्रु रहेका थिए। उनीहरू सबै जना सुरक्षित रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। 

'काठमाडौंमा अवतरण गरेपछि 'पोस्ट फ्लाइट चेक' गर्ने बेलामा पाइलटले नोज ल्यान्डिङ गेयरको एउटा टायर नभएको थाहा पाएका रहेछन्। यस विषयमा बुझ्दै जाँदा जनकपुर एयरपोर्टको रनवेको टर्निङ प्याडमा अर्को एउटा पाङ्ग्रा भेटियो,' उनले भने।

प्राधिकरणले उक्त जहाजलाई ग्राउन्डेड गरेर छानबिन सुरु गरेको छ। उनका अनुसार ल्यान्डिङ गेयरको इन्डिकेशन ककपिटमा नहुने भएकाले यस्तो समस्या आएको हुनसक्छ। 'जनकपुरबाट सुरक्षित उडेको र काठमाडौंमा पनि सुरक्षित अवतरण भएको पाइयो। तैपनि जहाजलाई ग्राउन्डेड गरेर यस विषयमा छानबिन सुरु गरेका छौं। यात्रुहरू सुरक्षित हुनुहुन्छ,' भुलले अन्नपूर्णसँग भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.