अन्नपूर्णका महाप्रबन्धक बस्नेतलाई अमेरिकाबाट सम्मान

अन्नपूर्णका महाप्रबन्धक बस्नेतलाई अमेरिकाबाट सम्मान
सुन्नुहोस्

न्यूर्याक : अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत सम्मानित भएका छन्। मिडिया व्यवस्थापनमा उत्कृष्ट कार्यकौशल देखाउँदै दुरदर्शी नेतृत्व प्रदान गरेको भन्दै न्यूयोर्क राज्यका एसेम्बली मेम्बर डेभिड आई वेप्रिनले बस्नेतलाई सम्मान गरेका हुन्।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अमेरिकाको न्यूयोर्कबाट सञ्चालित त्रिवेणी टाइम्सको सिफारिसमा बस्नेतलाई वेप्रिनले लिखित सम्मानपत्रसहित सम्मान गरेका हुन्। ‘१५ वर्षदेखि बस्नेतको उत्कृष्ट कार्यकौशल र दूरदर्शी मिडिया व्यवस्थापनले गर्दा अन्नपूर्ण मिडिया नेटवर्कलाई अग्रणी नेपाली मिडिया हाउसको रूपमा चिनाउन अतुलनीय योगदान रहेको छ। यसका लागि म बस्नेतलाई सम्मान गर्दछु,’ वेप्रिनले लिखितरूपमा प्रदान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ। 

अन्नपूर्ण मिडिया नेटवर्क नेपालकै लोकप्रिय, उत्कृष्ट र प्रभावशाली मिडिया हाउस भएको भन्दै उनले प्रशंसा गरेका छन्। वेप्रिन सन् २०१० मा न्यूयोर्क राज्यको एसेम्बली मेम्बरमा प्रथम पटक निर्वार्चित भएका थिए। त्यसदेखि हरेक निर्वाचनमा एसेम्बली मेम्बरमा निर्वाचन जित्दै आएका छन्। उनी न्यूयोर्क राज्यको इन्सुरेन्स कमिटिको चेयरम्यान, कमिटि अफ बैंक, कमिटि अफ जुडीसरी, एसियन प्यासेफिक अमेरिकन ट्राक्सफोर्सको लगायतका राज्यको विभिन्न कमिटि सदस्य रही काम गरिरहेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.