च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजील्यान्ड भिड्दै
काठमाडौं : च्याम्पियन्स ट्रफी २०२५ को उपाधिका लागि आइतबार भारत र न्युजील्यान्ड भिड्दैछन्। लगातार तेस्रो पटक फाइनल पुगेको भारतसँग न्युजील्यान्डले कस्तो खेल प्रदर्शन गर्ला भन्ने सबैको चासो रहेको छ।
भारतको टिममा ब्याटिङ, बलिङ र फिल्डिङ नै निकै उत्कृष्ट छ। २०१३ को च्याम्पियन्स ट्रफीको विजेता टिम भारत २०१७ मा पाकिस्तानसँग फाइनलमा पराजित भयो। न्युजील्यान्ड यो प्रतियोगिताकै एक अन्डरडग टिम भन्दा फरक नपर्ला। पाकिस्तान, अष्ट्रेलिया, दक्षिण अफ्रिकाजस्तो टिम अगाडि आउन नसक्दा न्युजिलयान्ड भने एक पछि अर्को अनपेक्षित राम्रो प्रदर्शन देखाउँदै फाइनल पुग्यो।
फाइनलअघि न्युजिल्यान्डलाई एक झड्का लाग्यो। जसमा म्याट हेन्री फाइनलका लागि टिममा खेल्नसक्ने अवस्था नहुन सक्छ। उनको बाँया काँधमा लागेको चोटका कारण उनी फाइनलमा टिमसँग नहुन सक्छन्। उनको कमी टिममा खड्किन सक्छ।
भारतजस्तो बलियो प्रतिस्पर्धीसँग उपाधिका लागि न्युजील्यान्डले लिग चरणमा खेलेको खेलभन्दा निकै सुधारिएको खेल देखाउन पर्नेछ। लिग चरणमा समूह ए मा अपराजित रहँदै सेमिफाइनलमा अष्ट्रेलियालाई हराउँदै फाइनल प्रवेश गरेको भारतले न्युजील्यान्डलाई समूह चरणको खेलमा सहजै पराजित गरेको थियो।
न्युजील्यान्डलाई ४४ रनले पराजित गरेको भारतले जुन तरिकाले खेलिरहेको छ। यही तरिकाले खेल्यो भने पनि च्याम्पियन्स ट्रफीको उपाधि जित्न सक्छ।
न्युजील्यान्डको ब्याटिङमा एकरूपताको खाँचो
न्युजील्यान्डको ब्याटिङ युनिटले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग जुन तरिकाले खेल्यो, त्यो खेल फाइनलमा पनि देखाउनुपर्छ।
तर मैदानको पिचमा न्युजील्यान्डले कसरी खेल्छ भन्ने हो। पछिल्लो समय दुबईमा खेलेको खेलमा न्युजील्यान्डको ब्याटिङ युनिटलाई भारतले ४५ ओभरमा नै समेटेको थियो। यसर्थ, न्युजील्यान्डले गद्दाफीमा देखाएको ब्याटिङ कौशलको खाँचो टिमलाई फाइनलमा पनि पर्नेछ। तेस्रो पटक फाइनल प्रवेश गरेको न्युजिल्यान्डले २००० मा पहिलो पटक र २००९ मा दोस्रो पटक र २०२५ मा तेस्रो पटक फाइनल पुगेको हो।
सन् २००० मा पहिलो च्याम्पियन्स ट्रफी जितेको न्युजील्यान्डले २००९ मा अष्ट्रेलियासँग पराजित हुँदा उपाधिबाट वञ्चित भएको हो। २०२५ मा पनि न्युजील्यान्डका लागि उपाधि सहज भने हुनेछैन। भारतको राम्रो लयका कारण न्युजील्यान्डलाई बलिङ, ब्याटिङमा सकस नै हुनेछ।
ब्याटिङमा सेमिफाइनलमा रचिन रविन्द्र र केन विलिमसनले गरेको शतकीय प्रदर्शन न्युजील्यान्डका समर्थकले चाहनेछन्। कम्तीमा ३०० भन्दा माथिको रन बनाएमा मात्र भारतलाई न्युजील्यान्डका बलरले रोक्न सहज हुनेछ।
भारतको राम्रो लय
भारतको यस प्रतियोगितामा दबदबा नै रहेको छ। यो सिजन अपराजित रहँदै फाइनल पुगेको भारतले समूह चरणकै नजिता दोहोर्याउन चाहन्छ।
भारतका लागि कप्तान रोहित शर्मा, विराट कोहली, श्रेयर्स अय्यर, केएल राहुल, हार्दिक पाण्ड्या ब्याटिङमा हेर्न लायक खेलाडी हुनेछन्। यसपालीको च्याम्पियन्स ट्रफीमा युवा ब्याटर शुभ्मन गीलको भने ब्याटि खासै चल्न सकेको छैन। विराट भने ठूला म्याचमा चल्ने खेलाडी हुन्। उनको ब्याटिङलाई रोक्न न्युजिल्यानडले कत्तिको सुधारात्मक बलिङ अट्याक बनाउँछ भन्ने हो।
बलिङमा बरुण चक्रवर्तीको बलिङले यस पटक धमाल मच्चाइ रहेको छ। उनीबाहेक मोहम्मद शामी सदाबहार विकेट टेकर हुन्। रविन्द्र जडेजा, हार्दिक पाण्ड्याको पनि बलिङ अट्याकले भारतलाई बलियो उपाधि दाबेदार बनाउँछ।
अक्षर पटेलको बलिङ र ब्याटिङ दुवैमा राम्रो प्रदर्शन देखिएको छ। बलिङमा कुलदिप यादव पनि राम्रो क्षमता बोकेका बलर हुन्। चाहिने बेला विकेट झार्न रोहितले जुनसुकै बलरलाई जहाँबाट पनि प्रयोग गर्न सक्छन्।
पिचको अवस्था
यो पिच ब्याटरका लागि निकै गाह्रो हुने पिच हो। दुबईको मैदानमा जडेजाको जादु चल्न सक्छ। यो स्पिनरलाई फेभर गर्ने पिच हो। ब्याटरलाई भने यो पिचमा रन बनाउन केही बेर टिकेर खेल्नु पर्ने हुन्छ। दुबईमा आइतबार मौसम सफा रही घाम लाग्ने अनुमान गरिएको छ। २० डिग्री भन्दा माथिको तापक्रममा खेल हुने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस !