छहरे–टोखा सुरुङमार्ग अगाडि बढ्छ: डा. महत

छहरे–टोखा सुरुङमार्ग अगाडि बढ्छ: डा. महत
सुन्नुहोस्

नुवाकोट : नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले नुवाकोटको मात्रै नभई देशको विकासमा महत्वपूर्ण रहेको छहरे–टोखा सुरुङमार्ग अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले नेपालको पूर्वाधार विकासबाट नेपाली नागरिकहरू सक्षम हुँदै गइरहेको समेत बताए। 

बट्टार बजारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सवको शुक्रबार उद्घाटन गर्दै डा. महतले नुवाकोट र रसुवाको मात्रै नभई देशकै परिवर्तनमा महत्वपूर्ण रहेको छहरे–टोखा सुरुङमार्ग आफू अर्थमन्त्री हुँदा प्रक्रिया सुरु भएको र अव यसले पूर्णता पाउने बताए। सो सुरुङमार्गले त्रिदेशीय सडकमार्गलाई नेपालको राजधानीसँग नजिक बनाउने भएका कारण आयात निर्यातमा समेत बढोत्तरी हुने डा. महतको भनाइ छ। 

उनले विकसित देशसँग नेपाललाई तुलना गर्न नहुने र नेपाललाई विकसित बनाउन अहिलेको सरकार क्रियाशिल रहेको पनि बताए। डा. महतले नेपालमा विकासका लागि यहाँ नभएका वस्तुहरूको पहिचान गरी त्यसमा युवा शक्ति परिचालन गरेर विकास गर्नुपर्ने समय आएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.