अन्नपूर्णले घोषणा गर्‍यो  ‘इनोभेटिभ डिजिटल विभाग’

अन्नपूर्णले घोषणा गर्‍यो  ‘इनोभेटिभ डिजिटल विभाग’
सुन्नुहोस्

काठमाडौं : डिजिटलका पाठक-दर्शकहरुलाई लक्षित गरेर अन्नपूर्ण मिडिया नेटवर्कले नेपाली मिडिया उद्योगमै पहिलो पटक ‘इनोभेटिभ डिजिटल विभाग’ सञ्चालन गर्ने घोषणा गरेको छ।  

सोमबार अन्नपूर्ण मिडिया नेटवर्कको तीनकुनेस्थित हेडक्वार्टरमा एक समारोहबीच अन्नपूर्ण पोस्ट्का प्रधानसम्पादक अखण्ड भण्डारी, महाप्रबन्धक मनोज बस्नेत, द अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराई, डिजिटल सम्पादक शम्भु कट्टेल, रेडियो अन्नपूर्ण ९४ मेगाहर्जका स्टेशन म्यानेजर शिरोमणि दवाडीले संयुक्त रूपमा ‘इनोभेटिभ डिजिटल विभाग’ सञ्चालनमा ल्याउने घोषणा गरेका हुन्।

‘डिजिटलका पाठक/दर्शकहरूलाई इनोभेटिभ रूपमा कन्टेन्टहरू दिनका लागि नेपाली मिडिया उद्योगमै पहिलो पटक हामीले ‘इनोभेटिभ डिजिटल विभाग’ सञ्चालनमा ल्याउन लागिरहेका छौं,’ अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले भने, ‘यसका लागि चाहिने इन्टरनेशनल सहकार्यसहित पूर्वाधार तयार गर्न तीव्र रूपमा अगाडि बढिरहेका छौं।’

‘इनोभेटिभ डिजिटल विभाग’ सञ्चालनमा आइसकेपछि इनोभेटिभ रूपमै डिजिटल कन्टेन्टहरूमा पाठक/दर्शकको सहजै पहुँच हुने उनले दाबी गरे। ‘त्यसका लागि डिजिटलका नयाँ प्रविधिहरू ल्याउँदैछौं,’ उनले भने। विभागले अन्नपूर्ण मिडियाका सबै सोसियल साइटहरू, अनलाइन संकरणमा इनोभेटिभ डिजिटल प्रोड्क्टहरू उत्पादन, प्रसारण गर्ने छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.