पूर्व वडाध्यक्षसमेत रहेका बुढाथोकीको रसिया-युक्रेन युद्धमा मृत्यु

पूर्व वडाध्यक्षसमेत रहेका बुढाथोकीको रसिया-युक्रेन युद्धमा मृत्यु

रोल्पा : रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको रसिया र युक्रेनको लडाईँमा मृत्यु भएको छ। बुढाथोकीको मृत्युको खबरले परिवार शोकमा डुबेको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। २०७९ को स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार थिए। पराजित बनेपछि उनी रसिया गएका थिए। पारिवारिक स्रोतका अनुसार २०८० असोजमा बुढाथोकी रसिया सेनामा सामेल भएका थिए। रसिया र युक्रेनको बेलाबेला भइरहने लडाइँले ज्यान जोखिम रहेको आफन्तसँग फोन र फेसबुक म्यासेन्जरबाट कुरा गर्ने गरेको बुझिएको छ। 

परिवारले फागुन २४ गतेमात्र उनको मृत्युको थाहा पाएका थिए। केही हप्तादेखि सम्पर्कविहीन बनेपछि परिवार आत्तिएका थिए। उनको मृत्यु भएको यकिन मितिसमेत थाहा भएको छैन। उनले रसियाको सेना छाडेर घर आउने पनि बताउँदै आएको आफन्त बताउँछन्। ज्यान जोखिममा राखेर काम नगर्न र सेना छाडेर नेपाल फर्कन आफन्तले पनि आग्रह गर्दै आएका थिए। अन्ततः उनको दुःखद घटना भयो।

सोमबार बेलुका आफन्त र इष्टमित्रमार्फत उनको मृत्युको खबर सामाजिक सञ्जालमा फैलिएको हो। वडाको पूर्वअध्यक्ष समेत भइसकेका र पूर्वी रोल्पाको नेकपा एमालेको नेतासमेत रहेका बुढाथोकीको रसियामा भएको मृत्युले यहाँका राजनीतिज्ञ, जनप्रतिनिधि र नागरिक समाज स्तब्ध बनेका छन्।

सुनछहरी गाउँपालिका पूर्वअध्यक्ष आशबहादुर पुनले घटना निकै दुःखद भएको बताए। ‘म गाउँपालिकामा अध्यक्ष निर्वाचित हुँदा उहाँ वडाध्यक्ष निर्वाचित हुनुभएको थियो। पाँच वर्ष सहकार्य गरियो,’ गाउँपालिकाका पूर्वअध्यक्ष पुनले भने, ‘उहाँको मृत्युको खबरले स्तब्ध भएको छु।’ 

बुढाथोकी वडाध्यक्ष हुँदा वडा सचिव रहेका नवराज रोकाले पनि मृत्युको खबरले मर्माहत भएको बताउँछन्। मिलनसार र सक्रिय स्वभावका बुढाथोकीको मृत्युको खबरले सिंगो जिल्ला र गाउँ शोकमग्न बनेको छ। बुढाथोकीको परिवारमा बुबाआमा, पत्नी, एक छोरा र एक छोरी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.