क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा १९ जना महिला खेलाडी, को कुन ग्रेडमा परे?
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले महिला खेलाडीहरूको पनि वर्गीकरण गरेको छ। क्यानले विभिन्न चार श्रेणीमा खेलाडीहरूको वर्गीकरण गरेको हो।
क्यानले ग्रेड एमा चार खेलाडीलाई राखेको छ। जसमा इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता राना मगर रहेका छन्। त्यस्तै ग्रेड बीमा कविता जोशी, ग्रेड सीमा कविता कुँवर र सम्झाना खड्का रहेका छन्। त्यस्तै ग्रेड डीमा बिन्दु रावल, अलिशा यादव, साना प्रविन, रिया शर्मा, सीमा केसी, साबित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, कृष्मा गुरुङ, जोत्सनिका मारासिनी, रचना चौधरी र मनिषा उपाध्याय रहेका छन्।
क्यानले ग्रेडमा परेका महिला खेलाडीलाई ५० हजार, ग्रेड बीका लागि ३५ हजार, सीका लागि २५ हजार र डीका लागि २० हजार रुपैयाँ तलबको व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस !