नक्कली डीएसपी पक्राउ

नक्कली डीएसपी पक्राउ
सुन्नुहोस्

काठमाडौं : काठमाडौंमा नक्कली डीएसपी पक्राउ परेका छन्। नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा भक्तपुरका ४७ वर्षीय राजु कर्मी श्रेष्ठ पक्राउ परेका हुन्।

उनीविरुद्ध प्रहरीको महाराजगन्जको वृत्तमा उजुरी परेको थियो। उनले मकवानपुरका केदारप्रसाद पौडेल, शम्भुप्रसाद पौडेल, काठमाडौंका सुजन थापा, नारायण राउतलाई आफू डीएसपी भएको र इन्टरपोलमा कार्यरत रहेको बताउँदै आएका थिए। उनले सोही बहानामा विदेश पठाइदिने भन्दै ठगी गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहोराका अनुसार उनले विभिन्न व्यक्तिबाट करिब ८ लाख ठगी गरेका थिए। काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर उनीविरुद्ध अनुसन्धान भइरहेको बोहोराले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.