नुवाकोट क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

नुवाकोट क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ। 

क्याम्पस प्रशासनले बिहीबार अपराह्ण क्याम्पसमा विविध कारणले स्ववियु निर्वाचन स्थगित गरिएको सूचना टाँसेको हो। चैत ५ गते तय भएको स्ववियु निर्वाचनका लागि विदुरनपा–४ बट्टार बजारमा रहेको सो क्याम्पसमा निर्वाचन समितिका संयोजकले राजीनामा दिएको लगायत विविध घटनाक्रमका कारण हाललाई अर्को निर्वाचन समिति चयन नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख नारायणमान डंगोलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

निर्वाचन समितिका संयोजक पुर्णबहादुर सडौलाले फागुन २५ गते पदबाट राजीनामा दिएका कारण क्याम्पस प्रशासन, विभिन्न विद्यार्थी संगठन, शिक्षकहरू सहितको संयुक्त बैठकले विवादित विषयहरूलाई सहमतिमा टुंग्याउने र निर्वाचन समितिलाई काम गर्न सहज वातावरण बनाउने निर्णय हुँदासमेत निर्वाचन समितिले राजीनामा फिर्ता लिई निर्वाचन प्रक्रिया अगाडि बढाउन असमर्थता जनाएको क्याम्पसले जारी गरेको सूचनामा उल्लेख छ। तत्काल नयाँ निर्वाचन समिति गठन हुन नसकेका कारण अर्को समिति नबनेसम्मका लागि स्ववियु निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख डंगोलले बताए।

यसका साथै स्ववियु निर्वाचनको सन्दर्भलाई लिएर क्याम्पसमा असहज परिस्थिति उत्पन्न नहोस् भन्ने उद्देश्यले क्याम्पसको संशोधित विधान २०७७ को दफा १३, उपदफा १७ बमोजिम क्याम्पस आगामी चैत ६ गतेसम्मका लागि बन्द गरिएको सूचनामा जनाइएको छ। विद्यार्थी संगठनहरूले भने स्ववियु निर्वाचन स्थगित गर्नु अन्याय भएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.