प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता पक्राउ

प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता पक्राउ

हेटौंडा : माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बम पक्राउ परेका छन् ।

बमले शनिबार हेटौंडामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनमा सम्बोधनको क्रममा प्रचण्डको तस्बिर जलाएका थिए । 

बमलाई चितवनबाट पक्राउ गरि मकवानपुर ल्याउने तयारी भइरहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । बमलाई भरतपुर विमानस्थलबाट चितवन प्रहरीले नियन्त्रणमा लिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.