सिद्धार्थ बैंकको ‘टपअप/फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं!’ अभियान सुरु
काठमाडौं : सिद्धार्थ बैंकले एफ १ सफ्ट र फोनपे सँगको सहकार्यमा ‘टपअप/फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ! नयाँ अभियान सार्वजनिक गरेको छ। यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउने छन्, जसमा बम्पर उपहार आइफोन १६ रहेको छ।
यस अभियानले ग्राहकहरूलाई सिद्धार्थ ब्यांक स्मार्ट एक्सपी मोबाइल बैंकिङ एप मार्फत डिजिटल कारोबार गर्न प्रोत्साहित गर्नेछ। मोबाइल टपअप र फोनपे डाइरेक्ट कारोबारलाई प्रवर्द्धन गर्दै, बैंकले डिजिटल बैंकिङ सेवालाई अझ सहज, सुरक्षित र पहुँचयुक्त बनाउने लक्ष्य राखेको छ।
अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा रु १०० को मोबाइल टपअप र रु ५०० को फोनपे डाइरेक्ट कारोबार अभियान अवधिभित्र पूरा गर्नुपर्नेछ। यस प्रक्रियालाई पूरा गरेपछि ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि स्वतः योग्य हुनेछन्।
यस अभियान अन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताले रु १०० को मोबाइल टपअप जित्न सक्नुहुनेछ। साथै, अभियान समाप्त भएपछि एक जना भाग्यशाली विजेताले नयाँ आइफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन्।
यो अभियान २०८१ चैत १ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ। सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा सहभागी भई यो सुनौलो अवसरको फाइदा लिन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस !