विपक्षीलाई एमालेको जवाफ- राष्ट्रिय सरकार बेमौसमी विषय हो, भागबन्डा नखोजौं


काठमाडौं : नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकार बेमौसमी कुरा भएको प्रस्ट पारेको छ। सोमबार बसेको सचिवालय बेठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बेला भागबन्डा नखोज्न विपक्षी दललाई आग्रह गरे। 

'राष्ट्रिय सरकार बेमौसमी विषय हो। यस विषयमा छलफल भएको छैन। यस्तो बेला भागबन्डा खोज्नु सत्तामा जाने भर्‍याङ बनाएको हो कि भन्ने हामीले बुझेका छौं,' उनले भने। 

एमाले सचिवालय बैठकले मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन नसक्ने निष्कर्ष पनि निकालेको छ। बैठकले विशेष प्रस्ताव पारित गर्दै प्राप्त उपलब्धिलाई अस्वीकार गर्ने, नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने र त्यसैको बहानामा मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य हुन नसक्ने जनाएको हो।

केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको एमालेको विशेष प्रस्तावमा उल्लेख छ। बैठकले मुलुकको परिवर्तन उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशातिर फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.