गाजामाथि इजरायलको भीषण आक्रमण, कम्तीमा ४०० जनाको मृत्यु

गाजामाथि इजरायलको भीषण आक्रमण, कम्तीमा ४०० जनाको मृत्यु

काठमाडौं : इजरायलले गाजामाथि भीषण आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा ४०० जनाको मृत्यु भएको छ। सोमबार रातिदेखि नै इजरायलले गाजामाथि हवाई आक्रमण सुरु गरेको थियो।

हमास पक्षधर स्वास्थ्य मन्त्रीका अनुसार आक्रमणमा परी हालसम्म ४०४ जनाको मृत्यु भएको छ भने सय भन्दा बढी घाइते भएका छन्।

इजरायलले भने आतंककारी केन्द्रित आफूहरूले आक्रमण गरेको दाबी गरेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु कार्यालयका अनुसार हमासले बन्धहरूलाई रिहा गर्न अस्वीकार गरेपछि गाजामाथि आक्रमण गरिएको हो।

इजरायलले युद्धविरामको उल्लंघन गरेको हमासले जानकारी दिएको छ। बीबीसीका अनुसार इजरायलले मानव अधिकार उल्लंघन गरेर आक्रमण गरेको हमासको आरोप छ। उसले आक्रमणको दोष अमेरिकाले पनि लिनुपर्ने बताएको छ। गाजामाथि आक्रमण गर्नुअघि इजरायलले अमेरिकासँग छलफल गरेको हमासको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.