महादेव क्याम्पसमा नेविसंघको प्यानलनै विजयी
नुवाकोट : नुवाकोटको महादेव क्याम्पस रातमाटेमा नेपाल विद्यार्थी संघ विजयी भएको छ। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सो क्याम्पसमा नेविसंघको प्यानल विजय भएको हो।
बेलकोटगढी नपा ७ महादेवफाँटमा रहेको क्याम्पसमा मंगलबार भएको स्ववियु निर्वाचनको मत परिणाम अनुसार सभापतिमा नेविसंघकी दीपा नेपाल विजयी भइन्। उनले ५२ मत प्राप्त गरिन् भने उनका निकटतम अनेरास्ववियुका प्रज्ज्वल लामिछानेले २५ मत पाए।
सो क्याम्पसमा एकसय १४ मध्ये ८८ मत खसेको निर्वाचन समितिले जनाएको छ। १० मत बदर भएको थियो। समानुपातिकतर्फ सो क्याम्पसमा नेविसंघले ५५ र अखिलले २४ मत पाएको छ। सो क्याम्पसमा सत्तारुढ दल कांग्रेसको विद्यार्थी संगठन नेविसंघ र एमालेको अनेरास्ववियुले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दर्ता गरेका थिए।
प्रतिक्रिया दिनुहोस !