डोटी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी

डोटी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी
सुन्नुहोस्

डोटी : डोटी बहुमुखी क्याम्पस डोटीको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ ।

मङ्गलवार सम्पन्न भएको निर्वाचनमा इन्द्र राणा नेतृत्वको प्यानल विजयी भएको हो । 

विजयी राणाले २२१ मत प्राप्त गरेका छन् भने राणाका प्रतिद्वन्द्वी अनेरास्ववियुका सुरेश रोकायाले ११० र अर्का उम्मेदवार अखिल क्रान्तिकारी/समाजवादीका साझा उम्मेदवार अजित सिंहले ८८ मत प्राप्त गरेका छन् ।

सचिवमा २१९ मत प्राप्त गरी नेपाल विद्यार्थी संघका साजन रावल विजयी भएका छन् । सचिव पदका उम्मेदवार अखिल क्रान्तिकारी/समाजवादीका हरिस बोगटीले ११० र अनेरास्ववियुका मोहन ऐरले ९५ मत प्राप्त गरेका छन् । 

त्यसैगरी कोषाध्यक्षमा २२० मत सहित नेपाल विद्यार्थी संघका दिपा विष्ट निर्वाचित भएकी छिन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकी ईश्वरी मलासीले ११५ र अखिल क्रान्तिकारीकी रुकमणी विष्टले ७७ मत पाएकी छिन् ।

त्यस्तै सदस्यहरूमा रबिन्द्र भण्डारी (२१३), हरिस साउद (२२९), उषा धामी (२२१), धर्म सीँ बम (२२०) र पुष्कर बोहरा (२१८) विजयी भएका छन् ।
त्यसैगरी समानुपातिक तर्फ नेपाल विद्यार्थी संघले २२० मत ल्याएको छ भने अनेरास्ववियुले १०१ मत ल्याएको छ । अखिल क्रान्तिकारीले ७४ मत ल्याउँदा अखिल समाजवादीले १६ मत पाएको छ ।

डोटी बहुमुखी क्याम्पसमा ५८० मत सङ्ख्या रहेकोमा ४३१ मत खसेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.