मकवानपुर क्याम्पसमा अनेरास्ववियुका रेग्मी विजयी

मकवानपुर क्याम्पसमा अनेरास्ववियुका रेग्मी विजयी
सुन्नुहोस्

हेटौंडा : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा  मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्रसिद्ध रेग्मी विजयी भएका छन् । नेविसंघ र अनेरास्ववियुको प्यानलबाट रेग्मी ७ सय ६ मतसहित  अध्यक्ष पदमा विजयी भएका हुन्। उनको चुनावी  अध्यक्ष पदको प्रतिद्वन्द्वी अनेरास्ववियु (क्रान्तिकारी) का छोइसाङ लामाले  ५ सय ७ मत ल्याएर पराजित भए । अध्यक्ष पदमा  पराजित भएका  रेग्मीका  प्रतिद्वन्दी यस अघिका सभापति  हुन् ।

सचिवमा नेविसंघका उत्सव ढुंगाना  ७ सय ११ मतसहित विजयी बन्दा उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका दिपेश कार्किले ५ सय ४४ मत प्राप्त गरे । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइँटेल ७ सय ४ मत सहित विजयी हुँदा उनका प्रतिस्पर्धी राप्रविसका अमन रायले ५ सय ४४ मत ल्याय । 

सदस्यतर्फ पनि गठबन्धनकै मनोज घलान,उमेश चौधरी,दिवश चापागाईं, साजिर अन्सारी, कृषन थिङ, मन्दिप थापा, विवश अर्याल तथा अतीत अधिकारी विजयी भए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.