त्रिभुवन आर्मीले मधेशलाई दियो २१८ रनको लक्ष्य

त्रिभुवन आर्मीले मधेशलाई दियो २१८ रनको लक्ष्य
सुन्नुहोस्

काठमाडौं : भिम सार्कीको सम्हालिएको पारीसँगै त्रिभुवन आर्मीले मधेश प्रदेशलाई २१८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको हो । 

त्रिभुवन आर्मीका लागि भिम सार्कीले सर्वाधिक ८९ रन बनाए । उनले १२६ बल खेल्दै ४ चौका प्रहार गरेका हुन् । ओपनरद्धय तिर्थराज दास र सन्तोष कार्कीले क्रमशः १४ र ३३ रन बनाए । कप्तान विनोद भण्डारी ११ रनमा कमल गुप्ताको बलमा एलबीडब्ल्यु भए । वसिरले १०, विवेक यादवले १६ रन बनाउँदा कुशल मल्ल २४ रनमा अविजित रहे । 

मधेशका लागि रुपेश सिंह,कमल गुप्ता र पवन सरार्फले समान २–२ विकेट लिए । रञ्जित कुमारले १ विकेट लिए । आर्मीको यो छैटौं खेल हो भने मधेशको यो पाँचौं खेल हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.