एक मतले विजयी भइन् नेविसंघकी विन्दु पोखरेल
काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी विन्दु पोखरेल विजयी भएकी छन्।
उनले अनेरास्ववियुकी मनकुमारी बुढालाई १ मतले पराजित गरेकी हुन्। पोखरेलले २५९ मत ल्याउँदा बुढाले २५८ मत प्राप्त गरेको क्याम्पले जानकारी दिएको छ।
त्यस्तै सचिवमा नेविसंघकै स्वस्तिका तिवारी, कोषाध्यक्षमा नेविसंघकै विनु भुर्तेल, सदस्यमा नेविसंघका रोजिका कार्की, सुदिप शाह, दुर्गा विष्ट, स्लेश्मा सुवेदी र अनेरास्ववियुका प्रिया प्रधान विजयी भए।
प्रतिक्रिया दिनुहोस !